Your Ad Here

सेलिना मिस ग्लोबल

   
 
काठमाडौ, आश्विन १९ - नयाँ बानेश्वरकी सेलिना मोक्तानले मिस ग्लोबल-२०१० को ताज पहिरेकी छन् । सोमबार सम्पन्न प्रतियोगितामा उनले २७ प्रतिस्पर्धीलाई उछिनेकी हुन् । मिस ग्लोबलको उपाधिसहित उनले अन्ना लिफान स्कुटर, छात्रवृत्ति र २० हजार रुपैयाँ नगद उपहार हात पारेकी छन् । योसँगै चीनमा हुने मिस ग्लोबल क्विन इन्टरनेसनलमा उनले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने ढोका पनि खुलेकी छन् ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकै बिक्की गड्तौला सेकेन्ड रनरअप भएकी छन् । रुश्माले ल्यापटप र छात्रवृत्तिसँगै १५ हजार रुपैयाँ नगद र बिक्कीले डेस्कटप कम्प्युटर, छात्रवृत्तिसँगै १० हजार रुपैयाँ नगद हात पारेकी छन् । पूर्वमिस नेपाल सुगरिका केसी, सञ्चारकर्मी सुवास ढकाल, मोडल कला सुब्बा, कोरियोग्राफर सिर्जनासिंह योञ्जन, आरके श्रेष्ठ, शिवा राणा, मुकेश संघाई र शान्तिराम राईको निणर्ायकमण्डलले विजेता छानेका हुन् । 
kantipur online