Your Ad Here

झुमे नेपालीहरु म्युजिकल नाइटमा




प्रकाश ढकाल, कोपनहेगन असोज २१ - नेपाली कलाकारहरुको समूहले डेनमार्कको राजधानी शहर कोपनहेगनमा पनि आफ्नो कार्यक्रम प्रस्तुत गरेका छन्। यहाँ अध्ययनरत नेपाली विधार्थीहरुको संस्था 'नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरुम (एन.एस.एन.एफ.) ले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कोपनहेगन स्थित क्रोग्रस हाउसमा आयोजित उक्त सांगितिक कार्यक्रममा मुक्ति एण्ड रिभाइभल समुहका गायक मुत्ति श्रेष्ठ, हांस्यकलाकार तथा 'मुन्द्रे' का नामले परिचित जितु नेपाल ले नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। प्रवासमा रहेर यस्तो कार्यक्रम हेर्न पाएकोमा नेपाली हरु दंग थिए भने गायक मुक्ति श्रेष्ठले स्टेजमा गित गाइरहंदा शरिर र कम्मर हल्लाउने हरुको कमि थिएन।

हांस्य कलाकार जितु नेपालले दर्शकहरुलाइ पटे मिचिमिचि हंसाए। महान चाड दशैं को अवसर परेकोले पनि प्रवासी नेपाली कलाकारहरुको प्रश्तुतीले निकै मनोरञ्जन प्रदान गरेको थियो। सांझ सात बजेबाट शुरु भएको कार्यक्रम रातको दुई बजेसम्म चलेको थियो। कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। हल पूर्णरुपमा भरिएको थियो भने नेपालीहरु मात्र नभई स्थानिय डेनिस नागरीकहरुको पनि कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो। यहां रहेका नेपाली विधार्थीहरुले पनि आफ्नो तर्फबाट गित, नृत्य तथा अन्या मनोरञ्नात्मक कार्यक्रम प्रश्तुत गरेका थिए
कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदुत विजयकान्त लाल कर्णले डेनमार्कबासी नेपालीहरुलाई दशैं तथा तिहारको शुभकामना दिएका थिए। सांगितिक कार्यक्रममा नेपाल भ्रमण वर्ष २०११ को प्रचार प्रसार समेत गरिएको थियो।
सिमित नेपालीहरुको संख्या भएको डेनमार्कको कोपनहेगन मा यस्तो कार्यक्रम गर्नु चुनौतीपुर्ण भएपनि नेपालीहरुलाई समय समयमा मनोरन्जन प्रदान गर्ने उद्धेश्यका साथ यस्तो सांगितिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरुम का पदाधिकारीहरु नविन पौडेल तथा रन्जन ओझा बताए। कार्यक्रम सफल र आफूहरुले सोचेजस्तो भएको पनि उनीहरुले दाबी गरे।
प्रवासमा रहेर पनि आफनो कला र संस्कृतिलाइ यति धेरै माया गर्ने नेपालीहरु देखि आफुहरुलाई धेरै खुशि लागेको मुत्ति एण्ड रिभाइभलका मुख्य गायक मुत्ति श्रेष्ठले बताए भने यहांका नेपालीहरुमा सहयोगको भावना आफुले पाएकोेहांस्यकलाकार जितु नेपालले बताए। गायक मुत्ति श्रेष्ठ एवं जितु नेपालको अर्को कार्यक्रम आगामि हप्ता नर्वेमा हुने बताइएको छ। उत्त सांगितिक कार्यक्रम को मेडिया सहयात्री नागरीक दैनिक रहेको छ।
from: kantipur online