Your Ad Here

ऐश्वर्याको यौन विलाप निर्देशकको सेन्सरमा


मुम्बई, कात्तिक १३ (एजेन्सी)- प्रदर्शन तयारीमा रहेको गुजारिस फिल्मका निर्देशक सञ्जयलीला भन्सालीले मुख्य भूमिकामा रहेकी ऐश्वर्या रायको यौन विलाप दृश्य हटाएका छन्। बच्चन परिवारकी बुहारी रहेकी ऐश्वर्याको चरित्र बिग्रनसक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्देशक भन्सालीले प्रदर्शनपूर्व नै फिल्मबाट यौन विलापका दृश्य हटाएका हुन्।

निर्देशकले प्रदर्शनपूर्व फिल्मका दृश्य थपघट गर्नसक्ने भन्दै भन्सालीले आफ्नो कार्यको औचित्य पुष्टि गर्ने कोसिस गरे।
गुजारिसमा ऐश्वर्याको जोडीको रुपमा ऋतिक रोशन छन्। धुम २ मा यही जोडीको 'टङकिस'लाई लिएर विवाद चलेपछि ऐश्वर्याका ससुरा अमिताभको अनुरोधमा सो दृश्य फिल्मबाट हटाइएको थियो। अहिले पनि बच्चन परिवारकै अनुरोधमा दृश्य हटाइएको हुनसक्ने बलिउड खबर लेख्ने इन्टरनेट साइटहरुले उल्लेख गरेका छन्।
form nagariknews online