Your Ad Here

रोबोटको क्लिन बोल्ड


मेरोसिनेमा १७ असोज २०६७,
रजनीकान्तको रोबोटले बलिउड स्टास्रलाई क्लिन बोल्ड गरिदिएको छ । जसले रोबोट हेरेको छ उसले खुलेर चलचित्रको प्रशंसा गरेको छ भने नहेरेकाले हेर्नका लागि अधैर्य गरिरहेका छन् ।

बलिउडका 'पर्फेक्टनिस्ट' आमिर खान पनि दक्षिणका सुपरस्टार रजनीकान्तको फिल्म रोबोट हेरेर चकित भएका छन् । आमिरले सोसल नेटवर्किङ साइट फेसबुकमा लेखेका छन् कि -म रोबोट हेर्न चाहन्छु किनभने रजनी सरले कमालको अभिनय गरेका छन् ।

ऐश्वर्या राय र रजनीकान्तको रोबोट तामिल भाषामा 'एन्धीरन'को नामबाट रिलिज भएको छ । यो शुक्रवार रिलिज भएको उक्त फिल्मले दक्षिणका दर्शकलाई पागल तुल्याइदिएको छ । रजनीकान्तका फ्यानहरु बिहान सबेरै पाँचबजे उठेर टिकट लिन सिनेमा घर धाउन थालेका छन् ।

१७५ करोडमा निर्माण भएको रोबोटलाई बलिउडमा अहिलेसम्मकै महंगो फिल्म मानिएको छ । अहिलेसम्म जुन कलाकारले यो फिल्म हेरेका छन् उनीहरुलाई रोबोटलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । रितेश देशमुखले पनि रोबोटको प्रशंसा गर्दै ट्वीटरमा लेखेका छन् -रजनीकान्त सुपरस्टार हुन् । उनले सबैलाई लोभ्याइदिएका छन् । रजनीको फ्यानलाई रोबोट निकै मनपर्नेछ । जानुस फिल्म हेर्नुस । तर केही लामो छ भरपुर मनोरन्जन लिनुहुनेछ ।

तुषार कपुर भन्छन् कि फिल्म केही लामो छ तर भरपुर मज्जाको छ । यो उमेरमा पनि रजनीकान्त किनै योङ देखिएका छन् । उनी सुपरस्टार भएकोमा कुनै शंका छैन । समीरा रेड्डीले पनि रजनीकान्तको प्रशंसा गर्दै आफू रजनीको नम्बर वान फ्यान भएको बताएकी छिन् । बाक्स अफिसमा उनले यस्तो धमाल मच्चाएका देख्दा