Your Ad Here

निखिल बोल्दैनन् कसममा


काठमाडौं/ नयाँ फिल्म कसमका निर्देशक लक्ष्मण रिजाल हतारिएका छन् । अभिनेता निखिल उप्रेतीका कारण बीचमै रोकिएको कसमको सुटिङ दुई महिनाअघि मात्रै पूरा भएको थियो । हाल डबिङको सुरसारमा लागेको यस फिल्मको रिलिज डेट भने घोषणा भइसकेको छ । 'मेरो फिल्म १९ कात्तिकदेखि 'एनिहाउ' अल नेपाल एकैचोटि रिजिल हुन्छ,' निर्देशक लक्ष्मणको दाबी छ, 'मेरो फिल्म भनेकै डेटमा रिलिज हुन्छ । कुनै शक्तिले पनि रोक्न सक्दैन । सबै चाँजोपाँजो मिलिसकेको छ ।'
अभिनेता निखिल अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरी मुम्बईमा बस्न थालेपछि कसम युनिट र निखिलबीच लामो समय सम्पर्क हुन सकेन । फिल्मको मुख्य पात्र नै सम्पर्कविहीन भएपछि कसम युनिट के गरौँ, कसो गराँमा परेको थियो । जसकारण केही महिना सुटिङ रोकिन पुग्यो । अनेक उपाय लगाउँदा बल्लतल्ल निखिल सम्पर्कमा आए । तर, काठमाडांै आएर सुटिङ गर्न मानेनन् । उनी सिक्किममा आउन भने तयार भए । निखिलकै सर्तअनुसार उनलाई मुम्बईबाट सिक्किम ल्याई सुटिङ गरियो ।
निखिललाई लिन कहिले मुम्बई त कहिले दिल्ली पुगेको यो युनिट अब डबिङका लागि भने उनको पछि नलाग्ने भएको छ । 'सम्झौता गरिसकेका निखिललाई ल्याएर सुटिङ सिध्याउन त निकै दौडधुप गर्नुपर्‍यो भने अब डबिङका लागि फेरि उनको पछि लाग्ने समय छैन हामीसँग,' लक्ष्मण भन्छन्, 'रिलिज डेट तय गरिसकेकाले हामीसँग समय कम छ । निखिललाई नै डबिङ गराउने योजना त थियो, तर अब उनको डबिङ अरू कसैबाट गराउँछौँ ।'
निखिल काठमाडौं आउन नमान्ने अनि उनको डबिङ गराउन मुम्बई नै पुग्नुपर्ने भएकाले कसमका निर्माता रामप्रसाद रिजाल पनि उनको डबिङ अरूबाट गराउने योजनामा छन् । यसअघि मन परेपछि फिल्मले पनि निखिलको डबिङ अन्य कलाकारबाट गराएको थियो ।
form..nayapatrika online