मेरोसिनेमा २८ कात्तिक,
अन्तराष्ट्रिय नाट्य महोत्सवमा सहभागि हुन सपत्नी नेपाल आएका बलिउड अभिनेता इरफान खान र संगीतकार अभिषेकले आइतबार तालनगरी घुमेका छन् । पत्नी सुतापासहित इरफान बिहान पर्यटकीय नगरी पोखरा उडेका थिए । केही दिन पोखरामा बिताउने बताइएका इरफानले मनोरम फेवाताल, सराङकोट, डेभिडफल्स र अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्नेछन् । इरफान जोमसोमको मुक्तिनाथ पनि पुग्न चाहन्छन् तर मौसम प्रतिकुल हुनसक्छ ।
मंसिर १ बाट सुरु हुने अन्तराष्ट्रिय नाट्य महोत्सवमा भाग लिन आरोहण गुरुकुलको निम्तोमा उनी नेपाल आएका हुन् । कुनै नाटक प्रस्तुत गर्ने नभई इरफानलाई अतिथिका रुपमा मात्र निम्ताइएको नाटक निर्देशक सुनिल पोखरेलले बताए । दिल्लीको राष्ट्रिय नाट्य स्कुलमा खान दम्पतिका सहपाठी थिए सुनिल । संयोगवश अर्का अभिनेता अनुप बराल पनि उक्त स्कुलका विद्यार्थी र इरफानका सहपाठी हुन् । इरफान स्वयम नाटकका विद्यार्थी भएपनि उनको रुचि पर्दामा छ ।
खानले 'सलाम बाम्बे', 'कसुर', 'मकबुल', 'मेट्रो', 'न्यूयोर्क', 'द माइटी हार्ट', 'स्लमडग मिलेनियर', 'द नेमसेक' लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । 'स्लमडग मिलेनियर'ले त केही विधामा प्रतिष्ठित एकेडेमी अवार्ड जितेको थियो ।