काठमाडौं, भदौ १ (नागरिक)- गत असारको पहिलो हप्ता बिहे बन्धनमा बाँधिएकी अभिनेत्री मनीषा कोइरालाले सोमबार ४० वर्ष नाघेकी छिन्। सन् १९७० को अगस्ट १६ मा जन्मिएकी मनीषाले भर्खरै तामिल र मलायालम फिल्ममा अभिनय गरेकी छिन्। उनीद्वारा अभिनित नेपाली फिल्म 'धर्मा' रिलिजको तयारीमा छ। दलित महिलाको रूपमा 'जय भीम' फिल्ममा अभिनय गरिरहेकी मनीषाको योजना निर्देशन गर्ने रहेको छ। एक भारतीय सञ्चारमाध्यमसँग उनले आफू भविष्यमा फिल्म निर्देशन गर्न गइरहेको बताएकी हुन्। न्युयोर्कमा फिल्म मेकिङ कोर्स अध्ययन गरेकी मनीषाले यो नयाँ जिम्मेवारी कहिले सम्हाल्नेछिन् भन्ने चाहिँ टुंगो लागेको छैन। source: Nagariknews.com |
नेपाली समय
सहयात्री ब्लगहरु
-
-
-
उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्व र अक्सिजन शरीरका हरेक रतmनलीहरुमा दौडिरहेको हुन्छ...
-
In the fast-growing industry of telecommunications, teleconferencing has become a staple of the way we do business as well as a way we keep in touch with...
-
तपाईंले पनि नेपाली भाषामा नियमित रुपले ब्लग गरिरहनुभएको छ भने ब्लगको ठेगाना anampustakalaya[at]gmail[dot]com मा पठाइदिनुहोला । ती ब्लगहरु यस सूचीमा समावेश ...
-
-
मनीषाले अब निर्देशन गर्ने
Posted under :
f2fnepal,
manisha koirala,
movie











