एइजीले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।
ज्याक्सनले बुधबार लस एन्जलसको सर्वोच्च अदालतमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी हुन्। क्षतिपूर्तिवापत दावी गरिएको रकम भने खुलेको छैन।
रिटमा मृत्युको समयमा ज्याक्सनको उपचारसम्बन्धी सबै व्यवस्था एइजीले छानेर उसकै शुल्कमा उसकै नियन्त्रणमा रहेको चिकित्सकले गरिरहेको उल्लेख छ।
यसअघि यही वर्षको सुरुमा ज्याक्सनका पिता जोले चिकित्सक डाक्टर मुरेमाथि व्यवसायिक लापरवाहीको आरोप लगाउँदै मुद्दा दायर गरिसकेका छन्।












