हिरोइन रेखा थापा आफ्नै लगानीको फिल्म 'हिफाजत'को प्रोमोसनमा व्यस्त छिन् अहिले। ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो फिल्म शुक्रबारदेखि देशका मुख्य सहरहरुमा प्रदर्शन हुँदैछ। यसै सिलसिलामा उनीसँग भएको कुराकानी-
'हिफाजत'ले कसरी चाँडो पालो पायो, जब हिम्मतले निकै कुर्नुपरेको थियो?
यसको लागि पनि एकबर्ष कुर्यौं। अलिक दिमाग लगाएर रिलिजको तारतम्य मिलाएकाले एकैसाथ देश भरिका हलमा देखाउने गर्ने मौका मिल्यो।
यो 'हिफाजत'को काममा तपाई र तपाईका श्रीमान छवि ओझामा को बढी हावी हुनुहुन्छ?
आर्थिक कारोबारमा छविजी लाग्नुहुन्छ। विषयवस्तु र प्रविधिमा मेरो चासो बढी हुन्छ। निर्माणमा पनि निरन्तरता दिने मेरो योजना भएकोले मेरो नाम अगाडि सारिएको हो।

'हिफाजत'को प्रवर्द्धन गर्न केके गरिरहनुभएको छ?
टेलिभिजनमा अन्तरबार्ता दिन व्यस्त छु। म आफैंले बनाको फिल्म भएकोले होला मिडियाका धेरैले चासो देखाउनु भएको छ। पब्लिसिटिका लागि नयाँ 'स्टन्ट' गर्नु अनिबार्य जस्तै भइसक्यो। तर, मैले त्यसो गरेको छैन। दर्शकलाई फिल्म हेरिदिन अनुरोध गर्ने हैन, निमन्त्रणा गर्ने हो। उहाँहरुले काट्नु भएको टिकटलाई म गिफ्ट सम्झन्छु।

यसलाई समय दिनुपर्दा अहिले खेलिरहनुभएको अरू फिल्मलाई असर पर्दैन?
समय मिलाएर यसको काममा लागेको छु। अरु निर्माताले पनि खुब साथ दिएका छन्। त्यसैले कुनै अप्ठ्यारो छैन।

हिफाजतको पब्लिसिटीमा कति बजेट छुटाउनुभएको छ?
यो त मलाई थाहा हुँदैन। धेरै पहिले रिलिज डेट घोषणा गरेकोले त्यति धेरै पब्लिसिटी गर्नु परेको छैन।

तपाईले बनाउनुभएको आधारमै फिल्म चल्ने सम्भावना कति छ?
मेरा अघिल्ला फिल्म 'हिमत' र 'किस्मत' नै राम्रो आधार हो। ती फिल्मले नै यो केटीले केही गर्छे भन्ने देखाएको छ। मेरो यो बर्षको फिल्म 'रक्षक', 'बाटुली' र 'आफ्नो मान्छे आफ्नै हुन्छ' पनि राम्रो चल्यो। मैले खेलेको फिल्म त चलेको छ भने आफैंले बनाको फिल्म कसो नचल्ला!

अरुले बनाएको र तपाईले बनाएको फिल्ममा के फरक हुन्छ?
अरुका फिल्ममा अभिनय मात्र हो मेरो अधिकार भित्र पर्ने। आफ्नो फिल्मको सबै विषयमा विवेक प्रयोग गर्न पाउँछु। मुख्य फरक यो हो कि मेरो फिल्ममा म दर्शक ठग्ने काम गर्दिन।

'हिफाजत'को प्रोमोमा त हिरो भन्दा तपाईंको करामत बढी देखाइएको छ?
मैले 'हिम्मत' बनाउँदा विराज कुनै स्टार थिएनन्। उनको भन्दा मेरै करामत विक्थ्यो। त्यसैले आफैंलाई महत्व दिनुपर्यो। 'किस्मत'को कथा नै ममा केन्द्रित थियो। 'हिफाजत'का हिरो आर्यन र आयुष भन्दा त मै सिनियर हुँ। फेरि मैले देखाउन लायक काम पनि त गरेको छु नि।

हिफाजतको बजेट लगभग कतिको हो? पैसा उठ्ने कुरामा ढुक्क हुनुहुन्छ?
८० लाख माथिको हो। पैसा भन्दा पनि दर्शकले मनपरेको प्रतिक्रिया दिए मलाई पुग्छ।

विराज भट्टको मुख्य भुमिका रहेको 'दोस्ती'सँग तपाईंको फिल्म 'हिफाजत' जुध्दैछ। कतिको फरक पार्छ?
केही पर्देन। नयाँ हिरो विराजलाई पनि मैले हिट बनाएर देखाएको हुँ। यसमा आयुष नयाँ छन् र उनी चल्छन् भन्ने संकेत देखि सकेको छ। मलाई नयाँ हिरो लिएर हिट बनाउने बानी परेको छ। जतिवटा फिल्म जुधेपनि राम्रो चल्ने हो।

अघिल्ला दुई फिल्ममा देखिएका बिराज भट्ट यसमा छैनन् नि, किन?
योङ, ह्याण्डसम, राम्रो अभिनय र पर्याप्त समय दिनसक्ने गर्ने केटा चाहिएको थियो। विराजमा यी चिज थिएन।

यसमा नयाँ हिरो आयुष रिजाल छन्, उनले दर्शकलाई रिझाउन सक्लान् र?
'स्टार'ले मात्र फिल्म चल्छ भन्ने छैन। फेरि प्रोमो कै आधारमा आयुषको माग बढेको छ। मलाइ त के डर छ भने मेरो नयाँ फिल्ममा उनीसँग पनि समय नहुन सक्छ र म फेरि नयाँको खोजीमा जुट्नु पर्छ।

source: nagariknews.com