काठमाडौं, चैत २७ (नागरिक)- ललितपुर डर्बीमा सामसुङ जावलाखेल युथ क्लबले एनआइबिएल फ्रेन्ड्स क्लबलाई स्तब्ध पारेको बिहीबारको दिन ललितपुरको अर्को टोली नबिल थ्री स्टार क्लब सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग बराबरीमा रोकिएको छ।
फ्रेन्डसमाथि पाएको १-० को जितबाट जावलाखेलले रेलिगेसनबाट बच्ने अभियानमा महŒवपूर्ण छलाङ मार्यो भने एपिएफसँग १-१ को बराबरीमा रोकिँदा थ्री स्टारको उपाधि महŒवाकांक्षामा गम्भीर धक्का लाग्यो। बिहीबारका नतिजापछि थ्री स्टार २२ अंकका साथ तेस्रो स्थानमा थन्किँदा शीर्ष दुई टोली एनआरटी र नेपाल पुलिस क्लबसँग दूरी छोट्याउन असफल भयो। एनआरटी २७ अंक लिएर शीर्षमा रहँदा पुलिस २६ अंकका साथ दोस्रोमा छ। यसै गरी जावलाखेल १४ अंकसहित नवौं स्थानमा यथावत् छ भने फ्रेन्डस १९ अंकमा सीमित हुँदै चौथोमा कायम छ। रेलिगेसन टार्ने उद्देश्य लिएको अर्को टोली एपिएफलाई भने बराबरीबाट प्राप्त एक अंकले पनि थोरै राहत दिएको छ। एपिएफको खातामा ११ अंक छ। रेलिगेसन क्षेत्रमा रहेका पुछारको ब्वाइज युनियनसँग ५ तथा संकटा क्लबसँग ६ अंक छ।
थ्री स्टारले नवौं मिनेटमै सानदार गोलबाट अग्रता लिए पनि गोलकिपरको कमजोरीका कारण त्यसलाई जोगाउन सकेन। अघिल्लो दिन उपाधिका मुख्य प्रतिद्वन्द्वी एनआरटी र पुलिस दुवैले विजय पाएको अवस्थामा थ्री स्टारलाई बिहीबार प्रस्ट जितको खाँचो थियो। सोहीअनुरुप सन्तोष साहुखलले मिलाइदिएको बलमा फ्रान्सेली मिडफिल्डर जोस मोर्गानले पेनाल्टी बक्सको छेउबाट कडा प्रहारमा गोल गर्दै टोलीलाई विजयोन्मुख गराए।
सुरुमा खेल आफ्नो नियन्त्रणमा राख्न सफल भए पनि २४आंै मिनेटमा गोलकिपर किरण चेम्जोङको गल्तीमा 'कमेडी' गोल खाएपछि थ्री स्टार खेलमा फर्कन सकेन। गणेश लावतीले पेनाल्टी बक्सको कुनाबाट प्रहार गरेको बल किरणलाई नै ठोक्किन आए पनि उनले निहुरिएर बल छले, सोही बल जालीभित्र छिर्दा एपिएफले अंक खोस्न सफल भयो।
'दोस्रो चरणको पहिलो खेलमै अंक गुमाउनुपर्यो। राम्रै खेलेको हो, तर गोलकिपरले गल्ती गरेपछि जितेको खेल बराबरीमा रोकियो। किरण अलमलमा परेछ। उसले बल बाहिर जान लागेको सम्झेर निहुरिएर छोड्दा गोल खाइयो,' थ्री स्टार प्रशिक्षक बालगोपाल महर्जनले भने। उनले मिडफिल्डबाट आवश्यक बल सप्लाई हुन नसक्नुलाई पनि बराबरीको कारण बताउँदै उपाधि आशा अझै कायम रहेको बताए।
एपिएफका व्यवस्थापक प्रेम श्रेष्ठले बराबरीमा सन्तुष्टि जनाउँदै विपक्षी गोलकिपरको हेलचेक्र्याइँका कारण गोल गर्न सकेको स्वीकारे।
गोल फर्काउनेबित्तिकै एपिएफले बराबरीको लक्ष्यमा खेल्दा खेलको स्वभाविक रोमाञ्च हरायो। तथापि गोल गरेपछि थ्री स्टारमाथि एपिएफ नै हाबी भयो। एपिएफको सफलतामा पुनरागमन जनाएका गोलकिपर समित राजभण्डारीको उच्च प्रदर्शन पनि कारक रह्यो। उनले सन्तोष साहुखलका दुई राम्रा प्रहारलाई असफल पारे। साथमा साहुखलले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको एउटा बल पोष्टमाथिबाट बाहिरिनु एपिएफको भाग्य थियो।
यसअघि फ्रेन्डसले पूरा नियन्त्रणमा राखेको खेल पेनाल्टी गोलमा जित्दै जावलाखेलले फड्को मारेको थियो। दीपेन श्रेष्ठको क्रसमा दीपक गुरुङको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा राजकुमार घिसिङले गोल गरे। जावलाखेलका गोलकिपर मीनकुमार बस्नेतले फ्रेन्डसका हरेक प्रयास असफल पारेका कारण राजकुमारले ७४औं मिनेटमा गरेको गोल नै जावलाखेलको जितमा पर्याप्त भयो।
दीपक भुसालका दुई उत्कृष्ट फ्रि-किकका साथै आजाद प्रधानको एउटा कडा हेड मीनले बचाए। साथमा आजादले मीन अगाडि बढेको मौकामा खाली पोस्टमा हानेको बल लक्ष्मी श्रेष्ठले क्लियर गर्न खोज्दा बिममा लागेर फर्कियो।
जावलाखेलका सहायक प्रशिक्षक राजाराम कार्कीले खेलमा धेरै दबाब खप्नुपरे पनि विजय पाएकोमा खुसी व्यक्त गरे। फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले भने यो नतिजालाई दुर्भाग्य र दुर्घटनाको संज्ञा दिए।
रुपक कारवाहीमा
फ्रेन्डस क्लबका गोलकिपर रुपक श्रेष्ठले चालु लिगको दोस्रो चरण खेल्न नपाउने भएका छन्। प्रशिक्षक मृगेन्द्र मिश्रले एनआरटीविरुद्धको पछिल्लो खेलमा रुपकको खेल चित्तबुझ्दो नभएका कारण उनलाई नखेलाउने निर्णय गरेको बताए।
'त्यो महŒवपूर्ण खेल थियो, जहाँ हामीले अग्रता लिइरहेका बेला मैले होल्ड गर् भन्दा पनि उसले अन्तिम समयमा हरेक बल हतारमा रिलिज गर्यो,' मिश्रले भने, 'महŒवपूर्ण खेलमा भनेको नमान्ने खेलाडीको काम हुँदैन। त्यसैले मैले उसलाई दोस्रो चरणमा कुनै पनि हालतमा नखेलाउने निर्णय गरेको छु। क्लबको अनुशासन समितिको निर्णय भने आउन बाँकी छ।'
रुपकमाथि लागेको खेलमिलेमतोको आरोपबारे सोध्दा प्रशिक्षक मिश्रको उत्तर थियो, 'फिक्सिङ भएनभएको भगवान् जानून। तर उसले चित्तबुझ्दो खेलेनन् र प्रशिक्षकले भनेको मानेन, त्यसैले कारवाहीस्वरुप मैले उसलाई आज नखेलाएको हुँ। बाँकी लिगमा पनि खेलाउन्न।' बिहीबार फ्रेन्डसको पोस्ट सागर गुरुङले सम्हालेका थिए