Your Ad Here

विश्वकपको रोमाञ्चमा डुबे बलिउड कलाकार



मुम्बई, असार १७ (एजेन्सी)- विश्वकप फुटबलले दोस्रो चरणका खेललाई बिदाइ दिँदासम्म भारतीय चलचित्रजगतका कलाकारलाई आफ्नो रोमाञ्चमा डुबाउन सफल भएको छ। विश्वको लोकप्रिय खेलको महायुद्धलाई नियमित नियालिरहेका भारतका मेघा स्टार अमिताभ बच्चनले त हरेक खेलबारेमा ब्लगमा प्रत्यक्ष प्रसारणको शैलीमा लेखिरहेका छन्। उनका छोरा अभिषेक बच्चनले टि्वटरमा फुटबलप्रतिको आफ्नो मोहलाई बयान गरिरहेका छन्। यसमा सञ्जय दत्त र अर्जुन रामपालले उनलाई सघाइरहेका छन्। Baghban
अभिषेकले ब्राजिल र चिलीबीचको खेल हेरेपछि लेखे, 'यसरी खेल्छ ब्राजिल! स्याबास ब्राजिल।'

उता ब्राजिलको खेल हेर्न नपाएका कारण दुःखी सञ्जय दत्तले लेखे, 'म्याच राम्रो थियो, तर विमानमा भएको कारण मैले हेर्न पाइनँ।' The Bollywood Dance Workout with Hemalayaa

उता आफ्ना केटाकेटीलाई घुमाउन लगेका अर्जुन रामपालको ध्यान भने फुटबलमै थियो। उनले टि्वटरमा लेखे, 'मैले पनि त्यो म्याच हेर्न पाएको भए कति राम्रो हुने थियो। कृपया मलाई अपडेट गर्नुस्।'
Kuch Naa Kaho
भारतीय क्रिकेटका पूर्वकप्तान राहुल द्रविडले पनि आफ्नो फुटबल प्रेम लुकाउन सकेनन्। उनले आफू ब्राजिलको प्रशंसक भएको बताए। साथै यस विश्वकपमा रेफ्रीको खस्कँदो स्तरप्रति पनि उनले चिन्ता व्यक्त गरे।