हाल प्रदर्शन भइरहेको हिन्दी फिल्म खट्टा मिठाबाट बलिउडमा एउटी नवनायिकाले पाइला राखेकी छिन् । दक्षिण भारतीय फिल्ममा नाम कमाइसकेकी ती नायिका हुन्, तृषा कृष्णन । १९९९ की मिस चेन्नाई विजेता तृषाले मोडलिङबाट करिअर सुरु गरेकी हुन् । पहिलोपटक जोडीनामक तमिल फिल्ममा छोटो रोल निभाएर अभिनय यात्रा सुरु गरेकी उनी पि्रयदर्शनकै निर्देशनमा बनेको तामिल फिल्म लेसा लेसाबाट नायिका बनेकी हुन् ।
केरलामा जन्मिएकी तृषाले थुप्रै तामिल र तेलेगु फिल्ममा अभिनय गरेकी छिन् । उनको पहिलो मेघा हिट फिल्म सामाइ हो जसमा उनको जोडीका रूपमा साउथ स्टार विक्रम थिए । तामिल भाषाको हिट फिल्म ओक्काडुको रिमेक घिल्ली उनी अभिनीत अर्काे सुपरहिट फिल्म हो, जसमा उनले अर्का साउथ स्टार नायक विजयसँग अभिनय गरेकी थिइन् । तृषा प्रभाससँग अभिनय गरेको अर्काे तेलेगु फिल्म वषर्ाम २००४ को सर्वाधिक हिट फिल्मका रूपमा कहलिएको थियो । एकपछि अर्काे फिल्म हिट भए पनि तृषा दक्षिण भारतमा डि्रम गर्लका रूपमा परिचित भइन् ।
तृषाले चिरञ्जीवीसँग अभिनय गरेको स्टालिन नामक अर्काे तेलेगु फिल्म पनि हिट भयो । उनले २००६ मा महेश बाबुसँग अभिनय गरेको सैनिकुुडु फिल्म भने फ्लप भयो । सफलताको उन्मादका कारण उनले आफू र आफ्नो व्यवहारलाई नियन्त्रणमा राख्न सकिनन् । उनी पटकपटक विवादमा मुछिँदै गइन् । एकपटक उनको १५ मिनेट लामो बाथरुममा नुहाइरहेको नग्न भिडियो सार्वजनिक भयो । जसकारण उनी हरेक दिनजसो पत्रिकाको हेडलाइन न्युजमा छाउन थालिन् । यसले गर्दा उनीमाथि मुद्दा पनि पर्यो । उनी कहिले मदिराले मातेर क्लबमा जुवा खेलिरहेको भेटिन्थिन् त कहिले सार्वजनिक रूपमै अश्लीलता पस्किरहेको अवस्थामा हुन्थिन् ।
फिल्म अभिनय सुरुवातमा उनले सक्दो अंगप्रदर्शन गरिन् । अश्लील किस सिन दिन पनि उनले आपत्ति मानिनन् । उनको नग्न भिडियोले दक्षिण भारतमा सनसनी मच्चायो । निजी जीवनमा कसैसँग नाम नजोडिए पनि तृषाको ठूलो ब्यानरका निर्माताहरूसँग अनैतिक सम्बन्ध रहेको कुरा फिल्म उद्योगमा चर्चाको विषय बन्यो । तैपनि दक्षिण भारतमा उनी उत्कृष्ट हिरोइनमध्येको लिस्टमा पर्छिन् । तिनै तृषा अब बलिउडमा जम्ने सुरले आएकी छिन् । र, उनलाई बलिउडमा पनि ब्रेक दिएका छन् उनै निर्देशक पि्रय दर्शनले, जसले तृषालाई पहिलोपटक तामिल फिल्ममा हिरोइन बनाएका थिए । पि्रयर्दशनकै फिल्मबाट बलिउडमा पाइला राख्न पाएकोमा उनी निकै खुसी छिन् । भन्छिन्, 'जसरी म साउथ इन्डियन फिल्ममा जमे, त्यसरी नै बलिउडमा पनि जम्नेछु ।'
आफू पहिला नै हिन्दी फिल्म अभिनयमा आउन चाहेको भए पनि दक्षिण भारतीय फिल्ममै व्यस्त भएकाले मौका नमिलेको बताउँछिन् उनी । भन्छिन्, 'बलिउडमा ट्राई गर्ने योजना पहिले नै थियो, तर तामिल र तेलेगु फिल्मबाट नै फुर्सद नै मिलेन । पि्रय दर्शनजीले जब खट्टा मिठाका लागि अफर गर्नुभयो । म आइहालेँ ।' पहिलो हिन्दी फिल्म खट्टा मिठामा काम गर्दा निकै रमाइलो भएको बताउँछिन् उनी । तर, हिन्दी भाषाको समस्याले भने पिरोल्यो रे उनलाई । 'मलाई हिन्दी भाषाको ज्ञान त थियो, तर यो मेरो बोलीचालीको भाषा नभएकाले केही गाह्रो भने भयो,' उनी भन्छिन्, 'अर्काे फिल्म साइन गर्नुअघि नै हिन्दी राम्रो बनाउन चाहन्छु । त्यसका लागि सिक्ने क्रम जारी छ ।'
नामका लागि मात्र काम गर्न नचाहने अठोट लिएकी तृषा निर्देशक संजयलीला बंशालीको फिल्ममा काम गर्न चाहन्छिन् । भन्छिन्, 'हिन्दी फिल्म उद्योगमा बंशालीका फिल्म मलाई निकै राम्रा लाग्छन् । त्यस कारण उनको निर्देशनमा काम गर्न चाहन्छु ।' तृषा अब प्रतीक बब्बरको निर्देशनमा बन्ने एउटा तमिल फिल्मको रिमेक हिन्दी फिल्ममा अभिनय गर्दै छिन् ।
nayapatrika.com












