Your Ad Here
Showing posts with label letest nepali movies. Show all posts
Showing posts with label letest nepali movies. Show all posts

समिक्षा : बाटो मुनिको फुल्

विष्णु शर्मा,

review_home_400सिनेमा : बाटो मुनिको फुल
निर्देशक : सुरज सुब्बा 'नाल्बो'
प्रस्तुतकर्ता : यशकुमार
कलाकार : यशकुमार, रेखा थापा, बाबु बोगटी, नन्दिता केसी, हेमन्त बुढाथोकी, शुभद्रा अधिकारी, गणेश उप्रेती
निर्माण संस्था : रिदम फिल्म्स प्राली
निर्माता : अच्युत श्रेष्ठ, वीरेन्द्र यादव र राजेश घतानी
कथा/संगीत/गीत : यशकुमार
छायांकन : सञ्जय लामा
कोरियोग्राफी : गोविन्द प्रभात/अराज केशव
सेन्सर सर्टिफिकेट : पी/जी
श्रेणी : सोसल ड्रामा
बजेट : साठी लाख
अवधि : २ घण्टा १५ मिनेट

राष्ट्रिय योजना आयोगको अध्ययनले भन्छ : मुलुकका ४८ लाख दलितहरु अझैपनि जातिय उत्पीडनमा बाँचिरहेका छन् । प्रमुख दलका घोषणापत्रहरु भन्छन -दलित मुक्तिका लागि जातिय आन्दोलन अपरिहार्य छ । यसबीच दलित र गैरदलितबीच प्रेम र विवाह भए जुन सम्बन्धमा अहिलेपनि समाज बाधक बनिरहेको छ । चलचित्र 'बाटो मुनिको फुल'ले यसै भन्छ । सुरज सुब्बाले निर्देशन गरेको चलचित्रले दलित मुक्तिको वकालत गरेको छ ।

निर्देशकका रुपमा देखापरेका सुब्बाले जातिय भेदभावको विषयवस्तुलाई उठान त गरेका छन् तर प्रस्तुतिकरणले दर्शकलाई बैचारिक आडम्बरबाहेक केही दिँदैन । विषयवस्तुको गहिराइमा पुगेर फिल्म मेकिङ गर्न निर्देशकले मष्तिष्कको कसरत गरेका छैनन् । चलचित्रभित्र कथाको परिवेश, भौतिक स्वरुप, मनोदशा, पात्र र वर्तमानमा नेपाली समाजको जातिय छुवाछुतको यथार्थताबीच धेरै ठूलो अन्तर छ । उत्तराद्र्धमा दलित समुदायमा पैदा भएको जागरण, राजनीतिक परिवर्तन, दलित जातिमा उघि्रएको ज्ञानको क्षितिजलाई कथा र निर्देशकले पूर्णरुपमा नजरअन्दाज गरेका छन् । चलचित्र 'बाटो मुनिको फूल' नेपाली समाजको दलित आन्दोलनबाट पूर्णतः विमुख छ । आदर्श र यथार्थबीचको दुरीलाई आत्मसात गर्न लेखक यशकुमार चुकेका छन् ।

कथा : पहाडिया दलित परिवारको छोरो सुरेश (यशकुमार) र पहाडे खस बाहुनकी छोरी गुराँस (रेखा थापा) बालसखी हुन् । सानैदेखि उनीहरु एकअर्कालाई मनपराउँछन् । सुरेशका भाई (बाबु बोगटी) र विश्वकर्मा थरकी युवती तुलसी (नन्दिता केसी) पनि एकअर्कालाई मनपराउँछन् । यी जोडीहरुको प्रेममा परिवार र समाज बाधक बन्छन् । एकअर्कासँग विहे गर्ने चाहना भएपनि जातिय कट्टरताको परिवारले त्यसो हुन दिँदैन । यसबीचमा चलचित्रका अन्य पात्रहरुले जातिय विभेद खप्न नसकेर आत्महत्या पनि गरेका हुन्छन् । आवरणमा दलित एनजिओ खोलेर बसेका गुराँसका बाबुले आफ्नै छोरीलाई भगाएर सहर लैजान खोज्छन् जतिबेला सुरेशसँग द्धन्द्ध हुन्छ । उक्त द्धन्द्धमा गुराँसको मृत्यु हुन्छ । उसको हत्या खलनायकले गरेपनि दोष भने सुरेशलाई लगाएर जेलमा थुनिन्छ । प्रहरी अधिकारी राजेश हमालले गाइनेमार्फत यथार्थ बुझिसकेपछि सुरेशलाई निर्दोष बताउँछन् । गुराँसका पिताले प्रहरीसँग माफी माग्छन् । प्रेमवियोग खेपेको सुरेश जेलबाट छुट्छ र जातिय मुक्तिको न्याय पाउँछ ।

निर्देशन : सुरज सुब्बा 'नाल्बो' नाम चलेका स्क्रिप्ट राइटर हुन् । उनको निर्देशनमा 'हाइ एस्पेक्टेसन' थियो । तर चलचित्रमा 'कन्फ्लिक्ट'को परिभाषा दिन निर्देशक सक्षम देखिएका छ्रैनन् । पैंचालिस मिनेटसम्म पनि कथा 'फ्रीज' बन्दा दर्शकले मनोरन्जनको मूल्य पाएको अनुभूति गर्न सक्दैनन् । पात्रहरुको थुप्रोलाई ह्याण्डल गर्न केही हदसम्म निर्देशक सबल भएका छन् । यति भएर पनि दलित मुक्तिजस्तो गहन कथालाई निर्देशक सुब्बाले 'रियालिस्टिक' तुल्याउन सकेका छैनन् । कथावस्तुको कमजोरीलाई ढाकछोप गर्न संगीत र प्रेमको सहारा लिइएको छ । निर्देशनमा 'हाइ एस्पेक्टेसन' भएर पनि होला उनी सामान्य प्रकृति निर्देशनबाट उठन नसकेको जस्तो लाग्छ ।

अभिनय : यशकुमार चलचित्रका केन्द्रिय पात्र हुन् तर कथालाई लिड गर्न उनलाई हम्मे परेको छ । डेब्यु अभिनेताका रुपमा यशकुमार सन्तोषजनक छन् । रेखा थापा र बाबु बोगटी भने आफ्नो भूमिकामा 'लाउड' छन् । रेखाको अभिनय चलचित्रको दर्शनीय पक्ष हो । रेखा र बाबुको अभिनयलाई हटाइदिने हो भने चलचित्र बिरुप भन्छ । नन्दिताले छोटो भूमिकामा न्याय गरेकी छिन् । राजेश हमालको अतिथि भूमिका प्रशंसनिय छ । सिनेम्याट्रोग्राफीमा सञ्जय लामाले राम्रो मिहेनत गरेका छन् । फोटोग्राफी 'सार्प' र 'एमोच्युर' छ ।

संगीत : चलचित्रको राम्रो पक्ष हो संगीत । यसअगावै चलचित्रका दुई गीत 'तुलसी आँगनमा रोपौंला…' र 'कुनै पल…' दर्शकको मुखैमा झुन्डिएका छन् । चलचित्रको प्रमोसनल सङ 'कुनै पल…'ले त दर्शकको भावनासँग सुख साट्छ । यशकुमार, बाबु बोगटी, प्रकृति गिरी र प्राश्ना शाक्यको स्वर प्रशंसनिय छ । यशकुमार आफ्नो मूल पेशा संगीतमा भने अब्बल छन् । उनको हिट गीत 'मैले छोएको पानी चल्दैन…'लाई पनि फिल्ममा स्थान दिइएको छ । गोपाल रसाइलीको ब्याकग्राउन्ड म्युजिक कथानक अनुसार राम्रो छ ।

ब्यापार : यो चलचित्रले औषत ब्यापार गर्छ । ओपनिङमा जति कलेक्सन गर्‍यो उतिमै सीमित रहनेछ यसको ब्यापार । मल्टिस्टारर चलचित्र भएकाले केही प्रतिशत दर्शक आकर्षित हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
from merocinema

७६ लाखमा गोर्खापल्टन

मेरोसिनेमा २६ कात्तिक,

प्रशान्त तामाङ स्टारर 'गोर्खापल्टन'ले ७६ लाख ग्रस कलेक्सन गर्दै सप्ताहन्तमा राम्रो पिकअप लिएको छ । क्यूबका तीन थिएटर बाहेक डीसीएन सर्भरका बाँकी ४८ मा 'गोर्खापल्टन'ले दोस्रो साताका लागि होल्डओभर कायम गर्‍यो । हल संचालकहरुका अनुसार बुधबारसम्म 'गोर्खापल्टन' हाउसफूल प्रदर्शन भैरहेको थियो । डिजिटल सिनेमा नेपालको विवरण अनुसार लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा यो चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ ।

लाहुरे संस्कृतिमा आधारित यो चलचित्रले लाहुरेका सहरहरु पोखरा, धरान, बुटवल, पाल्पा, बागलुङ लगायत स्थानहरुमा ब्यापारलाई बलियो तुल्याएको छ । निर्माता वंशल दाजुभाई पनि 'कोही…मेरो'को घाटालाई 'गोर्खापल्टन'ले उठाउने विश्वासमा छन् । उनीहरुको त्यो विश्वासमा पहिलो साताको ब्यापारले बल पुर्‍याएको छ । मल्टिप्लेक्स र सिङ्गल थिएटर दुवैमा 'गोर्खापल्टन' जबर्जस्त छ । भ्यालीभन्दा पनि मोफसलमा यसको ब्यापार खास छ ।

डीसीएन वितरण प्रमुख दीपक दंगालले पनि 'गोर्खापल्टन'को ओपनिङले आफूहरुलाई उत्साही तुल्याएको बताए । 'फस्टलभ'पछि 'गोर्खापल्टन'मात्रै त्यस्तो फिल्म हो जसले जबर्जस्त कलेक्सन गरिरहेको छ' दंगालले भने 'मौलिक नेपाली चलचित्र भएकाले पनि रेमिट्यान्समा धानिएका दर्शकको दिल मन र मष्तिष्क छोएको छ फिल्मले ।' दोस्रो साता पनि फिल्मले पिकअप लिने विश्वास उनले गरे । डीसीएनको ताजा आंकडा अनुसार 'गोर्खापल्टन'ले 'फस्टलभ'लाई पछ्याइरहेको छ । 'गोर्खापल्टन'को ओपनिङ कलेक्सन 'फस्टलभ'को तुलनामा नौ लाख कम हो । पहिलो सातामै खुम्चिएको छवि ओझाको फिल्म 'कसले चोर्‍यो मेरो मन'को ओपनिङ ६५ लाख थियो ।

वितरक संस्था डीसीएनका प्रबन्ध निर्देशक अशोक शर्मा मंसिरदेखि सिनेमा बजारले गति लिने विश्वास गर्छन् । 'पर्वले सबैलाई अफसिजन गराइदिएको थियो' उनले भने 'मंसिरदेखि गतिला चलचित्रहरुको भीडन्त सुरु हुनेछ ।' गोर्खापल्टनले राम्रो कलेक्सन गर्नुमा मौलिक नेपाली कथा र प्रशान्त तामाङको स्टारडम प्रमुख रहेको उनको ठम्याइ थियो ।

गोर्खापल्टनसँगै रिलिज भएको मदन घिमिरेको चलचित्र 'स्वाभिमान' कमजोर रह्यो । १६ लाख बटुलेको यो चलचित्रले सप्ताहन्तसम्म १० थिएटरमा मात्र समेटिएको थियो । घिमिरेका अनुसार अझै ३५ भन्दा बढी थिएटर सिनेमा चल्न बाँकी छ । गोर्खापल्टनको चपेटामा परेको स्वाभिमानले ओपनिङ पनि राम्रो गर्न सकेको थिएन ।

मिस यु फर्कियो





दिलीप रायमाझीले निर्माण गरिरहेको चलचित्र 'मिस यु'को छायांकन समूह मलेसियामा छायांकन सकेर स्वदेश फर्किएको छ । सुरेशदर्पण पोखरेलले निर्देशन गरिरहेको यो चलचित्रमा रायमाझीका अतिरिक्त नम्रता श्रेष्ठ तथा वरुण राणाले  अभिनय गरेका छन् । मिस यूमा चलचित्रका संगीतकार बाबु बोगटीले पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

दासढुंगा देखि दबगंसम्म

सचिन घिमिरे, काठमाण्डौ, २०६७ आश्विन ११, सोमवार

 'दासढुंगा' ले आलोचना सहीतको प्रसंशा पाएको छ भन्दै निर्माताहरु अपिल विष्ट र मनोज आरसी कुमारी हलको दैलोमा उभिएर गन्थन गर्दे थिए । एकजना सम्भ्रान्त परिवारकी महिला पजेरोवाट ओर्लिएर हामी तीर आइन । खान्दानीया लवजमा उनले कुन चलचित्र चलेको छ यहाँ भन्दै संयोगले  निर्माता  विष्टलाइ नै यो प्रश्न सोध्न पुगिन । अपीलले दासढुंगा भनेर उच्चारण मात्र के गरेका थिए । तिनी महिलाले नेपाली चलचित्र भनेर यसरी मुख विगारेर भनिन कि मानौ नेपाली फिल्म एउटा अपमान र घृणाको विम्व हो र कथीत ठुलावडाको लागी उच्चारण गर्न पनि लाज लाग्ने विषयवस्तु हो । धन्य तिनी कमसेकम दासढुंगा शव्दको पछि ढुंगा सुनेपछि नेपाली चलचित्र भन्ने त ठम्याइन ।
 
 
अपीलको मुखवाट दासढुंगा सुनेपछि उनी पजेरोतिर फर्कन चार पाइलो अघि वढाइसकेकि थिइन । उनले फेरि फर्केर सोधीन दबगं चलेको छैन ? अपील त चुप लागीहाले तर मनोज आरसीले शालीन भएर  चलेको छ हजुर उ त्यहाँ टिकट लिनुहोला भन्न छुटाएनन । तिनी महिलाले आफनो श्रीमानलाइ पजेरो पार्क गर्न निर्देशन दिइन । आफनो चलचित्र हलमा चलिरहेको वेला कुनै तृतीय श्रेणीको हिन्दी चलचीत्रको नाम लिएपछि मात्र एक जोडी  दर्शकलाइ हलमा रोक्न सफल हुँदा निर्माताहरु अपील विष्ट र मनोज आरसीले मनमनै कति अमिलो महशुश गरे होलान त्यस्को पिडा त उनीहरुले नै अवगत होला ।
 
दासढुंगा भनेपछि  अनुहार खुम्चाउने अनि दबगं भनेपछि अनुहार फुकाउने यस्ता कुलीन पात्रहरुलाइ आफनो घर अगाडी वम पडकेर मान्छेको मृत्यु भयो भने उनीहरुलाइ कुनै मानविय सम्वेदनाले छुँदैन । वरु हिन्दी सिरीयलका कुनै पात्रको कृतिम मृत्यु भयो भने यिनीहरु तकिया भिज्ने गरि रुन्छन, छाक छोडछन अनि नुन पनि दुइ चार दिन छोडीहाल्न वेर लगाउँदैनन ।
 
 
दिल्लीको रेडियो मिर्चीका एक कार्यक्रम संचालिकाले सल्मान खानको चलचत्रि दबगंको वारे भन्दै थिइन 'यस चलचित्र हेर्दा तपाँइ शुरु देखि  अन्तसम्म जुन वेला पनि सल्मानको स्टायल हेरेर ताली वजाउनु सक्नु हुनेछ, सिठी फुक्न सक्नुहुनेछ र असीको दशकमा फर्केर  हिन्दी चलचत्रि हेरेको  स्वाद पाउन सक्नुहुनेछ ।' यसरी तिस वर्ष पुरानो अतीतमा फर्काइदिने त्यस चलचित्रको वारेमा ती संचालिकाले दर्शकहरुलाइ एउटै कुरामा  पटकपटक खवरदारी गराउँदै थिइन 'कृपया दबगं हेर्दा दिमाग नलगाउनु होला नत्र चलचित्र हेर्दाको असली आनन्द गुमाउनु हुनेछ ।' उनले एकै वाक्यमा दबगं कुन हैसियतको चलचित्र हो भन्ने छर्लगँ पारीदिइन । यस्तै  एक साथीले दबगं हेरेपछि हतार हतार फेसवुकमा गर्वका साथ लेखे । दुइ चार जनाले उनको स्टाटस मन पनि  पराइदिइ हाले ।
 
 
त्यती नै वेला उनलाइ अनलाइनमा देखेर दासढुंगा हेरेनौ त भनेर सॊधीहालें । उनले हेरे र चलचीत्र एकदमै राम्रो लाग्यो पनि भने । अनि केहि प्रतिकृया जनाएनौ त भनेर  भन्दा नेपाली फिल्म को  हेर्न जाला र भनेर नलेखेको भनेर जवाफ मिल्यो । शायद उनलाइ पनि माथिका घटनामा भेटिएका पात्रहरु जस्तै नेपाली फिल्म हेरेको भनेर फेसवुकमा लेख्न लाज लाग्यो होला । हिन्दी चलचित्र  हेरेपछि गर्वका साथ फेसवुकमा लेख्ने यस्ता पात्रहरु नेपालमा भारत विरोधी प्रदर्शन भयो भने आफनो देशको टुडीखेलको रेलीगँ भाँच्ने काममा यिनीहरु नै अग्रपंक्तीमा देखिन्छन । यो विचित्रको राष्ट्रीयताको मोडल शायद नेपालमा मात्र भेटिन्छ ।
 
 
दासढुंगाकै निर्देशक मनोज पण्डित मनाङको लामो यात्रा पछि पाकेको आखाँ लिएर पंक्तीकारसँग भेट भयो । हतार हतार उनको आँखा जचाउन तिलगंगा आँखा अस्पताल पुगियो । सँयोगले निर्देशक पण्डीतले आफनो स्कुले जिवनको साथीलाइ सोही अस्पतालमा चिकीत्सकको रुपमा भेटे । उनले स्कुले साथीलाइ आफुले वनाएको दासढुंगा हेर्न अनुरोध गरे । तर ति चिकीत्सकले मनोजको अनुरोध र चलचित्रको वारेमा साधारण प्रतिकृया पनि देखाएनन ।  नेपाली चलचित्र  हेर्नको लागी प्रतिबद्वता गर्नु भनेको चरम लाज र अपमान व्यहोर्न तयार छु भन्नु परेको जस्तो भाव देखाए । चलचित्रको वारेमा थाहा पाउनै पर्दछ भन्ने जरुरत नभएपनि दासढुंगाको हत्याकाण्डको वारेमा पनि पुर्णरुपमा अनभिज्ञता प्रस्तुत गरे ।
 
 
निर्देशक पण्डीतको पटक पटकको अनुरोधमा उनले चलचित्र हेर्छु भनेर मौखीक प्रतिवद्दता पनि जनाएनन । आफनो स्कुले मित्रको यो प्रतिकृयावाट निर्देशक पण्डीतको मन कस्तो महशुश भयो यस्को वारेमा उनी नै वताउन सक्छन । नेपाल र नेपालीसँग पैसा कमाउने मात्र साइनो जोडीएका यस्ता पात्रहरु वास्तविकताको धरातल भन्दा धेरै टाढा वसेर 'नेपाल खत्तम भयो' भनेर विदेशी रक्सी खाएर चिन्ता गर्छन । नेताहरुलाइ अहोरात्र गाली गर्छन अनि नेपालीत्व वचाउन फेसवुक अभियान चलाउँछन । तर नेपालीत्व कला सिर्जनामा पनि लुकेको हुन्छ र त्यसको प्रवर्दनमा प्रत्येक नागरिकको अहम भुमिका हुन्छ भन्नेतर्फ कुनै चासो राख्दैनन । यस्ता पात्रहरुलाइ नेपाली चलचित्र माया गर्नु त परको कुरा हलको ठेगाना पनि थाहा हुदैन ।
 
 
निर्देशक मनोज पण्डित

 
अर्को घटना  नेपाल पर्यटन वोर्डमा चलेको मानवअधिकार फिल्म महोत्सव सकिएपछि प्रर्दशनी मार्गको एक पसलमा चिया खाँदै गर्दा निर्देशक पण्डीतले नजिकको मित्रलाइ दासढुंगा हेरियो त भनेर प्रश्न सोधे । उनले हेर्न भ्याएको छैन भनिन । ति महिला नेपालकी एक नाम चलेकी पत्रकार हुन । उनी इरानीयन,  कोरीयन, इजरायली,  इटालीयन र अन्य ओस्कर जितेको चलचित्र निकै शोखका साथ हेर्न मन पराउँछिन भन्ने  पंक्तीकारलाइ राम्रो अवगत छ । उनले नेपालमा किन राम्रा चलचीत्र वन्दैन भनेर चिया पसलमा घण्टौ छलफल गरेकी छिन । निमार्ताहरुलाइ गाली गर्न पनि भ्याएकी छिन अनि गर्वका साथ इरानियन चलचित्रहरुले देखाउने मानविय संवेदनाको प्रसंशा पनि गरेकी छिन । तर दासढुंगा जस्ता वैकल्पीक धारमा वनेका चलचीत्रहरुले हलमा तेश्रो हप्ता सम्म कुन दु:खले आफुलाइ टिकाइराख्न सक्छन भन्ने तर्फ उनले कुनै चासो राखिनन ।
 
 
निर्देशक पण्डीतले आफने साथीहरुले नै मेरो चलचीत्र नहेरेपछि कस्ले हेर्छ भनेर चित्त दुखाएपछि वल्ल वल्ल उनी भोलीपल्ट साथीहरुसँग चलचीत्र हेर्न जान राजी भइन । निर्देशकले व्यक्तीगत गुनासो गरेपछि मात्र हल टेक्न राजी हुने तिनी पत्रकार पनि माथिल्ला घटनामा भेट भएका पात्रहरु जस्ते अर्की एक पात्र हुन । यस्ता पात्रहरु घाम चर्को लागेको दिन पनि चलचीत्र हेर्न जान मन गर्दैनन् अनि पानी परेपछि पनि जाँगर चल्दैन । तर चिया पसलमा वसेर अँग्रेजी चलचीत्रहरको वारेमा विश्लेषण गर्न भने प्रशष्त समय निकाल्छन ।
 
 
एकथरी छन गहन सामाजिक मुदामा चलचित्र वनेन भनेर गुनासो त गर्छन तर निर्माण भएका चलचित्र हेर्न हलसम्म जाने पाउकष्ट  गर्देनन । यती वर्ष भयो नेपाली फिल्म नहेरेको भनेर लाजमर्दो अभिव्यक्ती पटक पटक दोहोर्‍याई रहन मन पराउने यो तप्का सवैभन्दा वढि दोषी तप्का हो । अर्को थरी दर्शक छन चलचित्रमा नृत्य र द्दन्द भएन भने नुन नभएको तरकारी  जस्तो सम्झन्छन् । लामो कपाल भएका नायक नभएको चलचीत्र र काटमार नभएको चलचीत्रमा यी दर्शकहरु झुक्किएर हल भित्र प्रवेश गरिहाले भनेपनि दश मिनेटमा निस्कीएर हिडछन । कथित मुलधारे चलिचत्रका सदावाहार तार्गेट ग्रुपसँग पंक्तीकारको त्यती ठुलो गुनासो पनि छैन । किनकि यी दर्शकहरु चलचित्र भनेको त्यस्तै हुन्छ भनेर वुझाइएको छ  उनीहरु नेपाली कथित मुलधारे चलचित्रका मौन प्रसंशक र नियमित आधारहरु हुन ।
 
 
केहि प्रतिनिधी पात्रहरुको प्रवृती विश्लेषण गरेर नेपाली चलचीत्रका दर्शकहरु यस्तै हुन भनेर सामान्यीकीकरण गर्नु न्यायसँगत नभएपनि यी प्रतिनीधी पात्रहरुले आम दर्शकको मनोविज्ञानको प्रतिनिधीत्व भने अवश्य नै गर्दछ । यदपी  दासढुंगा अत्यन्त त्रुटी रहित चलचीत्र हो र यो यस्तो पारसमणी हो की यो चलचीत्र नहेरेसम्म दर्शकले मोक्ष प्राप्त गर्ने छैनन भन्न खोजेको कदापी होइन । चलचित्रको विषयवस्तु र प्राविधीक  पाटाहरुमा केहि कमजोरी भएता पनि समग्रमा निर्माण पक्षले अत्यन्त मिहेनत गरेको स्पष्टै महशुश हुन्छ ।  यदपी नुमाफुङ हेर्दा पाँच जना, वसन्ती हेर्दा पन्ध्र जना, अनि दासढुंगा हेर्दा कमसेकम पचास जना सँगै वसेर चलचीत्र हेर्न पाउनु भनेको वैकल्पीक धारका चलचीत्रहरुले पनि दर्शक भेटन थाले भन्ने एउटा झिनो आशा पलाएको छ ।
 
 
फरक धारमा वनेका चलचीत्रहरुलाइ माया गरेर परिवार तथा साथीभाइहरुलाइ लिएर जाने अनि अरुहरुलाइ पनि चलचीत्र हेर्न अनुरोध गर्ने ठुलै जमात पनि देखा परेको छ । तर यो संख्या राम्रा चलचीत्र निर्माणको लागी उच्च प्रेरणादायी हुने तहमा भने अवश्य पुगेको छैन । हामी नेपालीहरु नै नेपालीत्व बुझ्दैनौं भने हाम्रो नेपालीत्व कस्ले जर्गेना गरिदिन्छ ? साँच्चै नेपाली चलचीत्र कला सिर्जनाको अभागी विदा हो त ? भन्ने प्रश्न सधै तेर्सीरहेको छ । यस प्रश्नको उत्तर दर्शकले नेपाली चलचित्रसँग कस्तो साइनो लगाउँछन भन्नेसँग नै जोडिएको छ ।
source: filmykhabar.com
 
 
 
 
 


Sachin Ghimire
Phd candidate , Medical Anthropology
Centre for Social Medicine and Community health
School of Social Science
Jawah

क्यामेराका कारण मानेनन् विराज



काठमाडांै/ अहिलेका व्यस्त अभिनेता विराज भट्टले इ-एक्स थ्री डिजिटल क्यामेराले खिचिने फिल्ममा अभिनय गर्न आनाकानी गर्न थालेका छन् । 'इ-एक्स थ्रीमा धेरै फिल्म खेलियो । रिजल्ट पनि खासै राम्रो आएन । त्यसैले इ-एक्स थ्रीवाला फिल्म नखेल्ने सोचमा पुगेको छु,' विराजले भने, 'कहिल्यै खेल्दिनँ भन्नेचाहिँ होइन । राम्रा ब्यानर, दमदार स्त्रिप्ट भएमा कुन क्यामेराले खिचिन्छ, ठूलो कुरा होइन ।'
इ-एक्स थ्री क्यामेराले खिचिने भएकाले विराजले केही महिनाअघि नै सम्झौता गरेको निर्माता रिमेश अधिकारीको नयाँ फिल्म अंकुश नखेल्ने भएका छन् । विराजले अंकुश टु के नभए सुपर सिक्टिन क्यामेराले खिच्ने सल्लाह दिएको बताउदै निर्माता रिमेशले भने, 'एगि्रमेन्ट गर्ने वेलामै उहाँ इ-एक्स थ्रीमै काम गर्न राजी हुनुहुन्थ्यो । तर, अहिले उहाँ क्यामेराको कुरा अघि सार्नुहुन्छ । क्यामेरामा के राखेको छ ?' अभिनेता विराजले यसअघि इ-एक्स थ्रीमै खिचिएको रिमेशको फिल्म बसमा छैन यो मनमा अभिनय गरेका थिए । 'इ-एक्स थ्री, टु के, रेड, सुपर सिक्टिन, सिक्टिन जुन क्यामेराले खिचे पनि फिल्म राम्रो बनाउने हो । कलाकारको काम अभिनय गर्ने हो, जुन क्यामेरा भए पनि के फरक पर्छ ?' रिमेशले भने, 'उहाँको हातमा धेरै फिल्म भएकाले होला क्यामेराको बहाना बनाएको । तर एकजना कलाकारका लागि कुनै निर्माताले पनि आफ्नो निर्धारित बजेट बदल्छ भन्ने लाग्दैन, मलाई ।' निर्माता रिमेश विराजले समय दिन नचाहेकाले उनको भूमिकामा अभिनय गराउन अर्का नायकको खोजीमा लागेका छन् ।
वासुदेव पोखरेलको निर्देशक रहेको अंकुशको असोज पहिलो सातादेखि सुटिङ सुरु गर्ने योजनामा थिए, निर्माता रिमेश । तर, फिल्मको प्रमुख पात्रले नै आफ्नो फिल्मप्रति अनिच्छा देखाएपछि सुटिङ कहिले सुरु गर्नेमा निर्माता आफैँ अन्यौलमा छन् । भन्छन्, 'अब अर्काे हिरो साइन गरेर तिहारपछि सुरु गर्नुपर्ला । फिल्मको नाम पनि चेन्ज गर्ने सोचमा छु ।' पहिला रिमेशले यो फिल्ममा विराजका साथै उनका भाइ नायक कृष्ण भट्टलाई अनुबन्धित गरेका थिए । तर, अब आफ्नो फिल्ममा दुई भाइ नै नहुने उनले बताए ।
पछिल्लो समयमा अभिनेता विराज निकै व्यस्त छन् । उनको हातमा एकसँगै अर्काे फिल्म परिरहेका छन् । भोजपुरी फिल्मका लागि केही दिनमा मुम्बई जान लागेका उनी त्यहाँ झन्डै दुई महिना लाग्ने बताउँछन् । 'यहाँ-त्यहाँ फिल्मै फिल्म छन् । समय दिन गाह्रो छ,' विराज भन्छन्, 'मुम्बईमा भोजपुरीसँगै हिन्दी फिल्म गर्ने अफर आएको छ । त्यसकारण केही समय नयाँ फिल्म गर्न भ्याइँदैन ।'

'अत्तो न पत्तो'को बक्स अफिस



सन्तोष रिमाल, काठमाडौं, असोज ९ - नेपाली चलचित्र क्षेत्रको निर्माण संख्यात्मक रूपमा बढे पनि व्यापारको तथ्यांक राख्ने संयन्त्र छैन। त्यही भएर फिल्मको 'बक्स अफिस' सम्बन्धित निर्माताबाहेक अरूले अनुमानमात्र गर्न सक्छन्। 'फस्ट लभ' का नरेन्द्रको भनाइमा अधिकांश निर्माता हचुवा भरमा फिल्म बनाउँछन्, अनि ठगिन्छन्। 'पचास लाखको फिल्म बनाउनेलाई कतिवटा हलमा चल्छ भन्नेसम्म थाहा हुँदैन,' उनको भनाइ छ, 'खाली ठूलो महत्त्वाकांक्षा र रंगीन दुनियाँको मोहले फिल्म बनाउने होडबाजी छ।'
नेपालमा मोटामोटी वर्षको ६० वटा फिल्म बन्छन् र त्यसमध्ये ६ वटाले मात्र लगानी उठाउने गरेको पाइन्छ। बजारमा 'सुपरहिट' भनिने फिल्म तिनै हुन्। निर्माणको संख्या हेर्दा बजार मागको हिसाबले पनि यो निकै बढी हो।
'एक वर्षमा १८ देखि २४ वटा फिल्म भए नेपालका हललाई पुग्छ,' फिल्म निर्माण, वितरण र प्रदर्शनमा समेत संलग्न नरेन्द्र भन्छन्, 'वर्षको ६० वटा बनेपछि कतिले लगानी उठाउनु?'
माग र आपूर्तिको सिद्धान्त फिल्म निर्माणको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। मागभन्दा आपूर्ति बेसी भएपछि उत्पादकले घाटा खानुपर्छ। उत्पादन धेरै भएपछि बिक्रेता (हल सञ्चालक) हरूको एकाधिकार बढ्दै जान्छ।
नेपाल फिल्म उद्योगमा भएको यही हो। त्यसमाथि विदेशीको नक्कल र अस्तव्यस्त प्रदर्शन प्रणाली व्यापार घाटाका अन्य कारण हुन्।
यसबीच भर्खरै सुरु भएको डिजिटल सिनेमा नेपाल (डिसिएन) ले नयाँ डिजिटल पद्दति भित्र्याएको छ। देशभरका करिब ६५ हलमा नेटवर्क विस्तार गरेको डिसिएनमार्फत् ४० हलमा एकसाथ फिल्म देखाउन सकिन्छ। यसले फिल्म प्रदर्शन प्रणालीमा सुधार आउनुका साथै व्यापार बढ्दै गएको कम्पनीका महाप्रबन्धक अशोक शर्मा दाबी गर्छन्।
'यो प्रविधिबाट सबै सहरका दर्शकले एकसाथ नयाँ फिल्म हेर्न पाउँछन्,' उनी भन्छन्, 'तीन महिनामा व्यापारको छिनोफानो हुन्छ।' रिलिजका लागि दुई वर्षभन्दा बढी कुर्नपर्ने 'पालो प्रणाली' भन्दा यो चुस्त रहेको उनी बताउँछन्।
तथ्यपूर्ण 'बक्स अफिस' रिपोर्टमा जोड दिए पनि डिसिएनले कुन फिल्मले कति व्यापार गर्‍यो भन्ने तथ्यांक कहिल्यै खुलाउँदैन। अहिलेसम्म रेखा थापाको 'हिफजत'ले बढी व्यापार गरेको कम्पनीको दाबी छ। तर, कति कमायो त? जवाफ छैन।
फिल्मका कार्यकारी निर्माता छवि ओझा पनि कुल व्यापार र त्यसमा आफ्नो कमाइको हिस्साबारे खुल्न चाहँदैनन्। 'चालीस लाखजति कारोबार भयो कि!' उनी भन्छन्, 'लगानीसम्म उठ्यो।'
'सुपरहिट भनेको फिल्मले त लगानीमात्र उठाउँछ भने किन फिल्म बनाएर बस्नु त?'
यो प्रश्नमा उनको जवाफ यस्तो छ, 'उपकरण आफ्नै कम्पनीमा छ। घरमा हिरोइन छिन्।'
अहिले छवि 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा छन्। यसको लगानी ६५ लाख रुपैयाँ बताइएको छ।
डिसिएनकै 'रेकर्ड ब्रेक' गर्ने फिल्मबाट जम्मा ४० लाख उठेको बताउने छविले ६५ लाखको जोखिम किन मोले त?
'एउटा बनाइहालियो। अब सानो बजेटका फिल्म बनाउँछु,' उनी भन्छन्।
डिसिएनले पनि आधिकारिक रूपमा हिफाजतको कमाइ खुलाएको छैन। कम्पनी स्रोतका अनुसार यसले ९५ लाख रुपैयाँ निर्माताको पोल्टामा पार्न सफल भयो।

हिरोकै दम
फिल्मलाई निर्देशकको माध्यम भनिन्छ। तर, नेपालमात्र यस्तो देश होला, जहाँ अझै निर्माता र वितरकले फिल्मको बागडोर सम्हाल्छन्। उनीहरू कथा टिप्छन्, कलाकार छान्छन्, अनि बल्ल निर्देशकको खोजी हुन्छ। मानौं, निर्देशक भनेका 'एक्सन' र 'कट' भनेर जागिर पकाउने कर्मचारी हो।
फिल्म बोक्ने सारथी 'हिरो'लाई मान्ने चलन अरू देशबाट 'श्यामश्वेत' सिनेमाजस्तो हराइसक्यो। नेपालमा भने कलाकार, त्यसमाथि पनि हिरोको मुख हेरेर फिल्मको मूल्य तोक्ने चलन गएको छैन।
तर, पछिल्लो समय 'पोस्टर भ्याल्यु' नभएका कलाकारको फिल्म पनि राम्रो चल्न थालेपछि यो मान्यता तोडिँदै गएको हो कि भन्ने भान पर्छ। 'कहाँ भेटिएला', 'म तिमीविना मरिहाल्छु', 'हिफाजत' र 'फस्ट लभ' नयाँ कलाकारकै दममा चले।
'फलानो हिरो लिए यति दिन्छु भनेर फिल्मको मूल्य तोक्ने अवस्था छैन,' शर्मा भन्छन्।
तर, उनले जे भने पनि फिल्मको विषयवस्तुअनुसार पात्र होइन, कलाकार छानेर 'स्क्रिप्ट' लेख्ने चलन अझै छँदैछ।

विराज सबभन्दा महंगा
बजारमा विराज भट्टको प्रभाव छ। आफ्नो माग बुझेर उनले मूल्य पनि बढाइसके। एउटा फिल्म खेलेको ४ लाख लिने भट्ट सबभन्दा महंगा कलाकार मानिन्छन्। धेरै फिल्ममा उनलाई लिएर हिट भएका निर्देशक दिपक श्रेष्ठले आफ्नै लागानीको 'हिम्मत २' मा दोहोरो भूमिका दिए। काठमाडौंबाहिर चलिरहेको यो फिल्मले दिपकलाई सोचेजति सफलता भने दिन सकेको छैन।
विराज भए जस्तो फिल्म पनि चल्छ भन्ने निर्माताको मान्यता यसले एक हदसम्म तोडेको छ।
राजेश हमाल 'पोस्टर भ्याल्यु' कै कारण २० वर्षदेखि छाइरहेका छन्। अहिले पनि उनको व्यस्तता उत्तिकै छ। एक्सन फिल्ममा राजेश र विराज सँगै निखिल उप्रेतीको माग पनि चर्को थियो। उनी मुम्बई लागेपछि आयुष रिजाल, सुमन सिंहजस्ता कलाकारले रिक्तस्थान भरेका छन्।
नेपाली चलचित्रमा एक्सनसँगै प्रेमकथाको धार समानान्तर रूपमा बढेको छ। एक्सन फिल्ममात्र चल्छ भन्ने मान्यता बोकेको उद्योगमा श्रीकृष्ण श्रेष्ठको 'कहाँ भेटिएला'ले राम्रो व्यापार गर्‍यो। त्यसपछि त प्रेमकथाको लहरै चल्यो। यो धारमा अहिले धेरैको रोजाइमा परेका नायक हुन्, आर्यन सिग्देल। राजवल्लभ कोइराला र जीवन लुइँटेल पनि यसमा 'फिट' मानिन्छन्।

रेखाकै बोलबाला
नेपाली फिल्मले हिरोइनलाई भने खासै महत्त्वमा राख्दैन। फिल्म हेर्दा लाग्छ, नाच्नु र ग्ल्यामर दृश्य दिनु नै उनीहरूको काम हो। पारिश्रमिकको मामिलामा पनि यी हिरोभन्दा निकै पछाडि छन्। हिरोइनले लिड गरेको फिल्म पनि चल्छ भनेर साबित गरेपछि रेखा थापाको मार्केट भ्याल्यु बढेको छ। धेरै समय अरूको फिल्ममा 'आइटम डान्स' गरेकी रेखाले हिरोइनको प्रभाव देखाइन्, होम प्रोडक्सनको फिल्मबाट। उनले आफ्नो भूमिका केन्द्रमा राखेर 'हिम्मत' बनाइन्। प्रचार सामग्रीमा आफ्नै रोललाई महत्त्व दिइन्। विराज र रमित ढुंगानालाई समेत छायाँमा पार्ने भूमिका थियो, रेखाको।
फिल्म चल्यो।
यसले रेखाको आत्मविश्वास चुलियो। उनी बाहिरका फिल्म छान्न थालिन्। 'किस्मत'मा विराज र आर्यन सिग्देलका साथ उनलाई सफलता मिल्यो। त्यसपछि 'हिफाजत' बनाएकी रेखाले आर्यनसँगै नयाँ हिरो आयुष रिजाललाई खेलाइन्। फिल्मले डिसिएनको बक्स अफिसमै रेकर्ड राख्यो। ५० हजार रुपैयाँ हाराहारीमा फिल्म खेल्ने हिरोइनमाझ रेखाको भाउ बढ्यो।
अहिले उनलाई डेढ लाख रुपैयाँ पारिश्रमिक दिन पनि निर्माताहरू धक मान्दैनन्। रेखा भने तीन लाख घटी फिल्म नखेल्ने बताउँछिन्। 'मैले पनि हिरोले जस्तै रिस्क मोलेर काम गर्नुपर्छ। उनीहरू ५ लाख लिने भइसके, म चाहिँ किन थोरैमा खेल्नु?' फिल्म 'जलजला'को सुटिङमा रहेकी रेखाको भनाइ छ, 'हिरोइनको पारिश्रमिक बढ्न सकेन। मैले त्यसको सुरुवात गरेँ।'
रेखापछि व्यस्त र बढी पारिश्रमिक लिने हिरोइन हुन्, झरना थापा। बाँकी हिरोइनको औसत पारिश्रमिक ५० हजारभन्दा माथि पुग्न सकेको छैन। म्युजिक भिडियोबाट आएका नम्रता श्रेष्ठ, निशा अधिकारी लगायत भने सुरुवातमै उचित पारिश्रमिक पाउनेमा गनिन्छन्।
 
बक्स अफिसका तीन दृष्य
दृश्य : १
'२ लाख ३३ हजार ५ सय ४९ रुपैयाँ।'
फिल्म 'दिपशिखा' का निर्माता-निर्देशक नरेश पौडेलले दस दिनअघि एउटा एसएमएस पठाए - 'अष्टनारायण हलमा आज नेपाली फिल्मको अहिलेसम्मकै बढी 'कलेक्सन' भयो।'
त्यसको ठिक भोलिपल्ट राजधानीकै कुमारी हलमा 'दिपशिखा' हेर्न यति कम दर्शक आए, हलले फिल्म देखाउनै सकेन। टिकट काट्नेको पैसा फिर्ता भयो। र, फिल्म फेरियो।
तर, नरेशले यो खबर 'एसएमएस' गरेनन्।
नरेशको यो व्यवहार फिल्म निर्माताहरूको साझा शैली हो। उनीहरू यति 'जाति' छन्, फिल्मले जतिसुकै नराम्रो व्यापार गरे पनि राम्रो खबरमात्र सुनाउँदै हिँड्छन्। हलमा चलुञ्जेल कीर्तिमानको डिङ हाक्ने निर्माताहरू फिल्म उत्रेपछि सानो अनुहार पारेर घुमाइफिराइ घाटाको तथ्यांक सुनाउँछन्। भन्छन्, 'फिल्म त चलेको हो, हलवाला र वितरक मिलेर ठगे।'
...
दृश्य : २
'फस्ट लभ' पछिल्लो समय सफल मानिएको फिल्म हो। लामो समय फिल्म वितरण र प्रदर्शन गर्दै आएका नरेन्द्र महर्जनले यसमा निर्माताको समेत बागडोर सम्हाले। देशभरका मुख्य सहरमा एकसाथ रिलिज भएको यो फिल्मले डेढ करोडभन्दा बढी कमाएको दाबी गरेका थिए, अर्का निर्माता माधव वाग्लेले।
'तर, हातमा १० लाख परेको छैन,' मुख्य स्टेसनबाट फिल्म उत्रिएपछि उनको बोली फेरियो, 'दर्शक नगद तिरेर टिकट काट्छन्। हामीले उधारोमा चलाउनुपर्छ।'
नरेन्द्र भने असन्तुष्ट हुने ठाउँ दैख्दैनन्। '२५ लाखसम्म घाटा परेपनि खप्न तयार भएर बनाएको फिल्मले ३० लाख फाइदा गरायो,' उनी भन्छन्, 'लगानी मात्र उठाएकोलाई 'भयंकर चलेको' भनिन्छ। हाम्रो व्यापार त उम्दा हो।'
...
दृश्य : ३
'गंगाजल'का निर्देशक प्रमोद भण्डारीले राजधानीबाहिरका हलमा राम्रो व्यापार भएको दाबी गरेका थिए। अहिले उनी वितरक र हलवालाले ठगेको गुनासो गर्दै हिँड्छन्।
'वितरकहरू निर्माताको शोषण गर्छन्। उनीहरू पहिल्यै हलबाट पैसा उठाउँछन्। हामीलाई राम्रो हल छान्न दिँदैनन्,' उनको आरोप छ, 'हलवालाहरू चाहिँ पोस्टर टाँस्ने पिठोको पनि हिसाब राख्छन्।'
from nagariknews online

क्यूएफएक्स अर्को साताबाट

मेरो सिनेमा ८ असोज २०६७,
qfx_in_400क्वेस्ट इन्टरटेनमेन्टले संचालनमा ल्याउन लागेको 'क्यूएफएक्स सिनेमाज' आगामी असोज १५ गतेबाट संचालनमा आउने भएको छ । नेपालमै पहिलोपटक सिनेमा ब्रान्डको रुपमा स्थापित हुन लागेको क्यूएफएक्सले जयनेपाल र कुमारी हलसँगै विश्वस्तरिय सेन्ट्रल सिनेमा संचालन गर्न लागेको हो । दक्षिण एसियामै पहिलोपटक जडान गरिएको प्रविधिमा संचालन हुने क्यूएफएक्स मुलुकमा एकमात्र अत्याधुनिक र विश्वस्तरिय मल्टिप्लेक्स हुनेछ ।

क्वेस्ट अध्यक्ष नकिम उद्दिनका अनुसार सुन्धारास्थित सिभिल मलमा सुरु हुन लागेको क्यूएफएक्स सेन्ट्रलमा इन्टरनेटबाटै क्रेडिट कार्डमार्फत पनि टिकट खरिद गर्न सकिनेछ । 'एकसातापछि संचालनमा आउन लागेको हलमा अहिले इन्टरनेटमार्फत सिट हेरेर बुकिङ गर्न सकिन्छ' नकिमले मेरो सिनेमासँग भने 'एक महिनापछि क्रेडिट कार्डमार्फत घरमै बसेर टिकट खरिद गर्ने सुविधा हुनेछ ।' नयाँ कम्पनीको घोषणासँगै जयनेपाल र कुमारी अगाडि अब क्यूएफएक्स जोडिनेछ ।

नयाँ हलका लागि सिनेमामा रुचि भएका १० जना एमबिए गरेका युवा समूहको टीम तयार गरिएको छ । अत्याधुनिक डिजिटल प्रोजेक्टर जडान गरिएको क्यूएफएक्स सेन्ट्रलमा सिनेमा हलकै लागि अमेरिकामा निर्मित सिट प्रयोग गरिएको छ । हलमा सदस्यता लाभका साथै गुणस्तरिय स्न्याक बारको सुविधा छ । अत्याधुनिक भएकाले हलमा सिनेमापारखीले केही बढि मूल्य तिर्नुपर्नेछ । सिनेमा हेराइलाई मनोरन्जकमात्र होइन अविष्मरणीय बनाउने गरि हल निर्माण गरिएको दाबी उनको छ ।

विदेशमा नेपाली फिल्म


काठमाडौ, आश्विन ५ - स्वदेशमै पनि न्यून दर्शकको उपस्थितिले उल्लेख्य विकास गर्न नसकेको नेपाली फिल्म क्षेत्रले अब भने विदेशी बजारसम्मको पहुँच विस्तार गर्न थालेको छ ।
पछिल्लो समय फिल्म 'नाइँ नभन्नु ल' ले अस्टे्रलियाका विभिन्न सहरमा नियमित शो गरेर देखाएको अन्तर्राष्ट्रिय बजारमा त्यसपछि फिल्म निरक पौडेलको 'कुसुमे रुमाल-२' र शंकर घिमिरेको 'वीरताको चिनो' प्रदर्शन गरिए ।
फाट्टफुट्ट र विशेष प्रयासमा मात्रै केही नेपाली फिल्म विश्व फिल्म क्षेत्रमा पुगिरहेको बेला पछिल्लो समय फिल्म प्रदर्शन गर्ने डिजिटल सिनेमा नेपाल (डीसीएन) ले स्वदेशका साथसाथै खाडी मुलुक मलेसिया र कतारमा पनि एकै समयमा रिलिज गर्ने गरी सर्भर जडानको प्रक्रिया थालेको छ ।
'मलेसियामा दुई महिनाभित्रमा फिल्म देखाउन लागिपरिरहेका छौं भने कतारमा भर्खर प्रक्रिया सुरु गरेका छौं,' डीसीएनका प्रबन्धनिर्देशक अशोक शर्माले भने, 'मलेसियामा प्रदर्शन थालिएपछि कतारमा जानेछौं ।'
डीसीएनले फिल्म वितरक अन्तर्राष्ट्रिय कम्पनी लोटससँगको साझेदारीमा मलेसियाका नेपाली कामदारको बाहुल्य रहेका क्वालालम्पुर, पेनाङ र जोडवाङका सहरका फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको छ । 'प्रदर्शन गरिने फिल्मको सबट-टाइटल बनाउने काम भइरहेको छ, त्यहाँका सरकारले सेन्सर पास गर्नेबित्तिकै प्रदर्शनको थालनी हुनेछ,' शर्माले भने ।
खाडी मुलुकमा प्रदर्शनका लागि त्यहाँको सरकारले अंग्रेजी सब-टाइटलमा आधारित रहेर फिल्मको सेन्सर गर्ने गर्छ । धर्म/संस्कृतिका कारण केही अनुदार मानिने खाडी मुलुकमा सेन्सरबाट केही अप्ठ्यारो आउन सक्ने भए पनि त्यहाँका नेपाली भाषीका लागि मनोरञ्जन प्रदान गर्न जोखिम मोलिएको फिल्मकर्मीसमेत रहेका शर्माले बताए । ती मुलुकमा बलिउड फिल्मसमेत चल्दै आएको सन्दर्भ जोड्दै उनले भने, 'ग्ल्यामरका दृष्टिले बलिउडका भन्दा त हाम्रा फिल्म अलि पाच्य नै भएकोले पनि फिल्मको मर्म नै मर्ने गरी त सेन्सर नगर्ला ।'
मलेसियामा प्रदर्शनका लागि अहिले नेपली फिल्महरू कोही मेरो, फस्ट लभ र हिफाजतको सब-टाइटलको काम भइरहेको बताइएको छ । लाखौंको संख्यामा नेपालीहरू रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत भएकाले पनि त्यहाँ नेपाली फिल्मको बजार आफूले देखेको डीसीएनका प्रबन्धनिर्देशक शर्माले बताए ।
'सानो क्षेत्रमा धेरै नेपाली रहेकाले पनि मार्केट राम्रो छ,' उनले भने, 'फेरि मनोरञ्जनका लागि उनीहरूले गुणस्तरहीन भीसीडी प्रयोग गर्नुपर्ने बाध्यता यसले हटाउँछ ।' ती देशमा अवैधानिक तबरमा लगिने नेपाली फिल्मका भीसीडीको माग अत्यधिक छ ।
नेपालमा समेत झन्डै ६ दर्जन फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको डीसीएनले मलेसिया हुँदै कतारलगायतका खाडी मुलुकका फिल्म हलमा पनि सर्भर जडान गरेपछि स्वदेश र विदेशमा नेपाली फिल्मको एकसाथ रिलिज गरिने जनाएको छ ।  
from:ekantipur.com

मनिषाले भनिन् 'नेपाली फिल्म बनाउँदै छु'



Tuesday, 21 September 2010 08:56 नागरिक
काठमाडौं, असोज ५ (नागरिक) - बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली फिल्म निर्माण गर्ने बताएकी छिन्। आफू स्कृप्टको काममा व्यस्त रहेको उनले नागरिकलाई जानकारी दिइन्। 'हातमा तीन स्कृप्ट छन्। कुन विषयमा बनाउने भन्ने निर्णय गरेकी छैन। 'अध्ययनको क्रममा छु,' उनले भनिन्। पहाड र तराईमा बस्ने नेपालीको नेपालीको कथामा फिल्म बनाउन उनी ईच्छुक छिन्। 'यस्तो विषयको फिल्म अन्तर्राष्ट्रिय फेष्टिभलमा जान सक्छ,' उनलाई विस्वास छ।
उनको अभिनय रहेको फिल्म 'आइ एम' रिलिजको तयारीमा छ। २० बर्षपछि नेपाली फिल्म 'धर्मा'मा देखिन लागेकी मनिषा यो फिल्मप्रति आशावादी छिन्। 'यो फिल्म धेरै युवाको सहभागिता छ। कार्यशैली हेर्देमा मलाई फिल्म राम्रो हुन्छ भन्ने लागेको छ,' उनले भनिन्।


अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाको सहकार्यका कारण चर्चित फिल्म 'धर्मा'को गीत सार्बजनिक गरिएको छ। राजधानीमा सोमबार आयोजित कार्यक्रममा यो फिल्मका तीन गीत देखाइएको थियो।

यसअघि 'द युगदेखि युगसम्म' निर्देशन गरेका दिपेन्द्र के खनालले 'धर्मा' चर्चित कलाकारसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरे। 'राजेश र मनिषा जस्ता कलाकारलाई सँगै पर्दामा उतार्न पाउनु मेरो सौभाग्य हो,' कार्यक्रममा उनले भने।

फिल्मका निर्माता दुर्गा पोखरेलले नेपाली फिल्म क्षेत्र रमाइलो लागेको बताइन्। 'राजनीतिमा त झगडा मात्रै हुनथ्यो। फिल्ममा मेलमिलापमा काम हुँदो रहेछ,' उनले भनिन्,'अहिले मलाई यो क्षेत्रमा ढिलो प्रवेस गरें भन्ने लागिरहेको छ।' फिल्म 'धर्मा'लाई एक्सन प्रधान बनाउने जमर्को गरेको उनले बताइन्। 'एउटी हाउस वाईफ जागेपछि कतिसम्म उग्र हुन्छिन्, फिल्ममा देख्न पाईनेछ,' उनले भनिन्।

हरि लम्सालको संगीत रहेको यो फिल्लमा राजेशपायल राई र शोभा बञ्जाराको स्वर रहेको छ। यसमा निखिल उप्रेती, रेजिना उप्रेती, संयोग पखरेल र अनु शाहको समेत अभिनय रहेको छ। संञ्जय थापा, निर्माता पोखरेलले फिल्मको गीत लेखेका छन्।

'हाँसि देऊ एक फेर' को गीत वर्ल्ड प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, आईतवार

प्रदर्शनको पालो पर्खेर बसेको चलचित्र 'हाँसि देऊ  एक फेर'  को गीत आईतबार फिल्मीखबर डटकम मार्फत वर्ल्ड प्रिमियर गरिएको छ ।

प्रिमियर गरिएको 'माया संसार हो' बोलको गीतलाई बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गाएका हुन् भने अभिनय पनि उनीहरूले नै गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको सो गीतको रचना डा कृष्णहरी बरालले  गरेका हुन् ।


शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रलाई रमेश त्वायना र राजेश कुमार स्वंगमिखाले निर्माण गरेका हुन् । मंसिर महिनामा प्रदर्शन हुन लागेको चलचित्र 'हाँसि देउ एक फेर' मा मह जोडीको साथमा राजबल्लभ कोईराला, स्वेता खड्का, शुसिल क्षेत्री, शुसिल पोखरेल, किरण केसी, मिथिला शर्मा, राजाराम पौडेल, केशब भट्टराई, बिष्णु सापकोटा, सिरू बिष्ट, रबि गिरी, पल्पसा डंगोल, उत्तम केसीलगायतका ६८ जना कलाकारले अभिनय गरेका छन् जसमा करिब १८ जना हाँस्यकलाकार छन् ।

बिकाश आचार्य, शिब रेग्मी र रमेश त्वायनाको कथा रहेको सो चलचित्रमा शम्भु सापकोटाको छायाँकन, बसन्त श्रेष्ठको नृत्यनिर्देशन, हिमाल केसीको द्वन्दनिर्देशन रहेको छ । चलचित्रमा पाँच गीत समावेश गरिएको छ जसमा मह जोडी, उदितनारायण झा, मोहितवंश आचार्य र सोनु कक्कडले स्वर दिएका छन् ।

शरीर जोडिएका हिरो!




काठमाडौं, असोज १ (नागरिक)- जुम्ल्याहा दाजुभाइको कथामा थुप्रै फिल्म बनिसकेको छ। तर, शुक्रबार सुटिङ सुरु हुने एउटा फिल्ममा भने शरीर जोडिएका जुम्ल्याहाको कथा रहनेछ। किशोर ढकालको निर्देशनमा बन्न लागेको फिल्म 'हर पल साथ'का दुई नायक छन्, अरुण र उदय। सबै अंग भिन्नाभिन्नै भए पनि उनीहरू ढाडमा जोडिएका हुन्छन्। यो जुम्ल्याहाको भूमिकामा रवि बस्नेतले अभिनय गर्दैछन्।
 जन्मदेखि वयष्क उमेरसम्म ढाड जोडिएर हुर्किएका उनीहरूबीच युवतीको कारणले फुट आउने र शल्यक्रिया गरेर छुट्टिने कथा फिल्मले देखाउनेछ। 'छुट्टिएपछि उनीहरूमा झन् असन्तुष्टि पलाउँछ,' लेखक समेत रहेका किशोरले भने, 'त्यसपछि उनीहरूलाई अलग्गिने निर्णय लिएकोमा पछुतो लाग्नथाल्छ।'
शरीर जोडिएको जुम्ल्याहा पात्रको कथा कागजमा लेख्न उनलाई खासै गाह्रो भएन। बरु, फिल्ममा कसरी खिच्ने भन्ने चिन्ता चाहिँ रहयो। 'यसमा धेरै ग्राफिक्स खेल्नेछौं,' उनले भने। फिल्मको छायांकन पनि उनी आफै गर्दैछन्। फिल्म निर्देशनमा आउनुअघि उनी छायाँकार नै थिए।
सेलुल्वाइडमा खिचिने फिल्मलाई रिभर्स टेलिसिने गरेर ग्राफिक्स गर्ने योजना उनको छ। फिल्ममा शरीर जोडिएको २१ दृश्य समावेश छन्। अभिनेता रविले पनि यो भूमिकालाई चुनौतीका रूपमा लिएका छन्।
राजु शाहको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, दिनेश सुनामको संगीत रहने फिल्ममा बिराज भट्ट, कल्पना शाही, सन्ध्या ढकाल र तृप्ती नाड्करले पनि अभिनय गर्दैछन्। फिल्मको सुटिङ नगरकोटबाट थालिने छ।
फिल्म 'हर पल साथ'को बुधबार सम्पन्न शुभ मुहूर्तमा यही टोलीको अघिल्लो फिल्म 'अल्झेछ क्यारे पछ्यौरी'को छायांकन सकिएको जानकारी पनि गराइयो।

इकु र गुरु हमाल


एकादेशमा राजेश हमाल भन्ने गुरु थिए । उनी जंगलमा तपस्या गरी बसेका थिए । जंगलको बीचोबीच उनको कुटी थियो । जीवनलाई बुझेर बुद्धत्व प्राप्त गर्न जंगल पसेका सहरका हमाललाई जंगली मानिस 'इकु'ले भेट्छ । 'इकु'सँग हमालको मित्रता हुन्छ ।  सञ्चिता लुइँटेलको प्रेममा निराश रमित ढुंगाना पनि जंगल छिर्छन् । उनले हमाललाई गुरु थाप्छन् । जब गुरु हमाललाई समस्या पर्छ, रमित र इकुले सघाउँछन् । रमितको प्रेमको समस्यामा पनि गुरु हमालको जुक्ति काम लाग्छ । गुरुका अर्का चेला राजबल्लभ  पनि छन् । उनी भने सुष्मा कार्कीको प्रेमजालमा परेर सहरमै बस्छन् । चलचित्रको अन्त्यमा सबै चेला एकजुट भएर गुरु हमाललाई गुरुदक्षिणा दिन्छन् । यो नै चलचित्र 'गुरुदक्षिणा'को कथासार होइन, तर चलचित्रको वेबसाइटमा भएको कथासार नपढी पोस्टर  हेरेको भरमा यसको कथा यस्तै हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । चलचित्रको कथा जे-जस्तो भए पनि यसमा बालबालिकाका पि्रय चरित्र इकु अर्थात् सुलेमान शंकरलाई राजेश हमालसँग अभिनय गराइएको छ, त्यो पनि इकुकै भेषमा । 'इकुको चर्चित  चरित्रलाई दुरुस्तै उतारेर 'क्यास' गर्न खोजिएको हो ?' निर्माता प्रकाश पौडेल भन्छन्- 'जे भने पनि हुन्छ । हाम्रो कथामा एउटा जंगली मान्छेको भूमिका थियो । त्यसैले सुलेमानलाई खेलायौं ।'
source: saptahik

नेवार फिल्ममा धीरेन

काठमाडौं, भदौ २७ (नागरिक)- अभिनेता धीरेन शाक्य नेपाल भाषाको फिल्ममा देखिने भएका छन्। उनले अभिनय गर्न लागेको फिल्म 'छंगु नां (तिम्रो नाम)'को राजधानीमा मुहूर्त गरियो।

'नेवार समुदायको भए पनि पहिलोपटक नेपाल भाषाको फिल्म खेल्न पाउँदा खुशी लागेको छ,' दशैंपछि सुटिङ हुने यो फिल्ममा आफू प्रहरी निरीक्षकको भुमिकामा देखिने उनले खुलाए। पाल्पाका धीरेनलाई काठमाडौंमा बोलिने नेपाल भाषा फरक लागेको छ। 'सकेसम्म सुटिङमै मिलाएर बोल्छु। नसके डबिङमा सच्याउँछु,' उनले भने।



मातृभाषामा बन्न लागेको भएकोल यो फिल्ममा पारिश्रमिकलाई महŒव नदिइएको उनले बताए। फिल्ममा सुभद्रा अधिकारी, मुकुन्द श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ। फिल्मको निर्देशन सुरेन्द्र तन्डुकारले गर्दैछन्।
source: nagariknews.com

समिक्षाः 'दीपशिखा'

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २५, शुक्रवार

प्रदर्शनको पालो लामो समय देखि कुरेर बसेको नरेश पौड्यालको चलचित्र दीपशिखा शुक्रबारबाट प्रदर्शनमा आएको छ ।  बिहिबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटकाबीच प्रिमियर गरिएको सो चलचित्र त्यतिबेलै पास भएको थियो जव सिनेमा घरबाट बाहिर निस्किएका अधिकाश चलचित्रकर्मीले नरेश पास भएको संकेत गरेका थिए ।  झण्डै ४ बर्षको अन्तरालपछी चलचित्र निर्माण गरेका पौड्यालले नायिका अरूणिमाको साथ पाएकाले चलचित्र  राम्रो बनेको धेरैले अडकल समेत काटेका छन् ।

कथा :  धनी परिवारमा हुर्कीएकी तर बाबुको माया त्यति नपाएकी शिखा (अरूणिमा लम्साल ) त्यो मायाको खोजीमा हुन्छे जो राजकुमार बनेर  सेतो घोडामा चढी उसलाई लिन आएको हुन्छ । सधै सपनामा देखिने उसको त्यो राजकुमारको अनुहार भने उसले देखेकी हुदिन । जव सपनामा त्यो राजकुमारको अनुहार उसले देख्न खोज्छे तव कुनै कारणबस उ सपनाबाट ब्यूझिएकी हुन्छे ।

सपनाको राजकुमारको खोजीमा भौतारिएकी शिखाले बेलायतबाट फर्किएको निरज (निरज बराल)  लाई भेट्छे, जो उ संग बिवाह गर्न भनि बेलायतबाट नेपाल आएको हुन्छ । शुद्ध नेपाली युवतीको खोजिमा हिडेको निरज र शिखाका बुवा एक अर्काका साथी भएकाले मृत्यु हुनु अघि शिखाको बुबा कुबेर शर्मा  (मुकुन्द थापा)ले निरजको बुबालाई  निरजको बिबाह आफ्नी छोरीसंग गरिदिने बचन गरेको हुन्छ । साथीको बचन स्वरूप छोरीको कुरै नसुनी बिवाहको तरखरमा जुटेको कुबेर शर्माले अन्तत् शिखाको इन्गेजमेन्ट निरजसंग गरिदिन्छ । त्यो बेला सम्म शिखाले  पनि केही हदसम्म निरजलाई आफ्नो बनाएकी हुन्छे ।

इन्गेजमेन्ट भएपछी १५ दिनका लागि  निरज बेलायत फर्किन्छ भने शिखा एक हप्ताका लागि  घुम्न साथीहरूसंग पोखरा जान्छे । कथा यसरी नै लम्बिएको हुन्छ ।  शिखाको मिलन दीपसंग हुनु स्वभाविक हो तर चलचित्रमा दीप र शिखाको मिलन समयमा नहुदा दर्शक आत्तिन सक्छन् । दुई पक्षको प्रेम कथा त्रिपक्ष हुन पुग्दा चलचित्र रोमाञ्चक हुदै जान्छ ।   एक हप्ताको पोखरा टूरमा रहेकी शिखाले बाटोमा दीप (जीवन लुइटेल) लाई भेटेपछी सुरू भएको  चलचत्रिको अर्को पाटोलो नयाँ मोड लिन्छ । कमेडी,केही रोनाधोना, प्रेमको वियोग, द्धन्द्ध, सबै पक्षलाई उठान गरेर निर्माण गरिएको २ घण्टा ५७ मिनेट लामो यो चलचित्रले दर्शकलाई तीन घण्टा हलमा बाधेर राख्न सफल हुने  संकेतहरू चलचित्रमा धेरै देखिएका छन् ।

बिदेशी चलचित्रबाट प्रभावित भएर जसरी नेपाली चलचित्र बनेका हुन्छन् यो चलचित्रमा पनि त्यस्ता धेरै दृश्यहरू प्रभावित भएको देखिन्छ यध्यपी निर्देशकको चलाखीले त्यो कुन चलचित्रबाट प्रभावित भएको हो भन्न दर्शकलाई निकै गाह्रो पर्दछ ।


निर्देशन :  निर्देशक नरेश पौड्यालको चलचित्र क्षेत्रमा १८ बर्षदेखिको अनुभव अनि ४ बर्षदेखि कुनै चलचित्र निर्माण नगरी थुप्रै अनुभव बटुलेपछी निर्माण गरिएको यो चलचित्रको  निर्देशन पक्ष अब्बल ठहरिएको छ । निर्देशक पौड्यालले धडकनबाट जसरी एउटा परिचय बनाएका थिए दीपशिखाबाट त्यो परिचयमा अर्को इटा थप्ने प्रयास यो चलचित्रमा देखिएको छ । शम्भु सापकोटाको छायाकंन रहेको यो चलचित्रको सुरूवातमा सम्वाद, दृश्य र बिषय बस्तु कहि बाझीएको जस्तो देखिएको पनि त्यसपछी आउने हरेक दृश्यले त्यो बाझियो बिषयलाई प्रष्टयाउदै लगेकाले निर्देशक हरेक ट्रनिङ पोइन्टमा चलाख भएको महसुस हुन्छ र त्यससंगै सफल पनि ।


पात्र अभिनय : आफ्नै प्रोजेक्ट भएर होला अरूणिमाले चलचित्रका हरेक दृश्यमा आफुलाई अब्बल ठर्‍याएकी छिन् । कथा समेत उनको रहेको चलचित्रमा शिखा पात्र बनेकी अरूणिमा अभिनय मात्र हैन आफुले प्रयोग गरेका पहिरचनलाई समेत चलाखीपूर्ण ढङ्गले प्रयोग गर्दा उनी निकै राम्री समेत देखिएकी छिन् । यस्तै चलचित्रमा अर्का प्रमुख दुई पात्र जीवन लुइटेल र  निरज बरालले अभिनय पक्ष ठीकै छ । नयाँ नायक भएर होला दुवैको अभिनयमा अझै निख्खारपन आउन जरूरी देखिन्छ । यस्तै चरित्र अभिनेत्री राधा लम्साल र अभिनेता मुकुन्द थापाको अभिनयमा खोट लगाउने स्थान भेटिदैन । यस्तै नायिका अरूणिमा साथी बनेकी ममता प्रधानको अभिनय पनि राम्रो देखिएको छ । भने हास्यमसलाको रूपमा प्रयोग गरिएका बिष्णु सापकोटाले दर्शकलाई मज्जाले हसाउन सक्छन् ।



संगीत : 
गीतमा शब्दको अभावले चलचित्रको संगीतपक्षमा सबैभन्दा बढी कमजोरी  रहेको देखिन्छ । संगीतकार चेतन सापकोटाले संगीत भरेको सो चलचित्रको एउटा गीत  'किन तिमिले यति धेरै'  र कर्णदासले गाएको बाहेक अरू गीतमा दर्शकले स्यावासी नदिन सक्छन् । धडकन चलचित्रमा जसरी उत्कृष्टसंगीत नरेशले समावेश गर्न सफल भएका थिए यो चलचित्रमा सागीतिक पक्षको अभाव खडकिएको देखिन्छ ।   यस्तै चलचित्रको गीत अनुसार कोरियोग्राफी शान्ता नेपाली र बसन्त श्रेष्ठले  सामान्य रूपमै प्रस्तुत गरेका छन् ।

किन हेर्नुपर्छ  : यति तपाई प्रेममा पर्नु भएको छ भने तपाईले एक पटक यो चलचित्र हेरेकै राम्रो ।  प्रेममा पर्नु भएको छैन भने यो चलचित्र हेरेपछी थाहा हुन्छ तपाईलाई प्रेम कस्तो हुन्छ भनेर । प्रेममा ताकत, हुन्छ आट हुन्छ र शक्तिपनि हुन्छ र अन्तमा प्रेमको जीत पनि हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । अमृता आर्टसको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा  परिवारपक्षले पनि सन्तानका खुशीलाई पैसाले मात्र बुझ्ने हैन मनले पनि बुझ्नु पर्छ भन्ने कुरा चलचित्रमा देखाईन खोजिएको छ ।
source: filmykhabar.com

हिरोइनले लेखेको फिल्म 'दीपशिखा'


हिरोइन अरुणिमा लम्सालले स्क्रिप्ट लेखेको फिल्म 'दीपशिखा' शुक्रबार रिलिज हुने भएको छ। काठमाडौंका पाँच मल्टिप्लेक्स र काठमाडौं बाहिरका ३० हलमा रिलिज हुन लागेको यो फिल्मका निर्माता तथा निर्देशक नरेश पौडेल हुन्।
  यसमा जीवन लुइँटेल, निरज बराल र अरुणिमाको मुख्य भूमिका छ। फिल्म प्रेमकथामा आधारित रहेको निर्देशक पौडेलले जानकारी दिए।

पुरुष यौनकर्मीको कथा रहेको फिल्म 'पलपलमा'


सेन्सर बोर्डले 'एडल्ट फिल्म'को सर्टिफिकेट दिएको फिल्म 'पलपलमा' शुक्रबार काठमाडौंका हलहरुमा रिलिज हुँदैछ। विश्वज्योति लगायत १६ वटा हलमा फिल्म चल्ने निश्चित भएको निर्देशक उकेश दाहालले जानकारी दिए। पुरुष यौनकर्मीको बिषयमा केन्द्रित बताइएको यो फिल्ममा रमित ढुंगाना, दिलिप रायमाझी, सुजाता सिटौला आदिले अभिनय गरेका छन्।

सेन्सरले 'वयस्कका लागि मात्र' भन्ने सर्टिफिकेट दिएपछि यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् । "चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्नेछ" सेन्सर सदस्य सुचित्रा श्रेष्ठले भनिन् ।

रमित ढुंगाना र सुजाता सिटौलाका केही दृश्य पहिले नै चर्चामा आएका भए पनि सेन्सरले कुनै पनि दृश्य काटेको छैन ।
source: nagariknews.com

घनचक्कर दासढुंगा




दीपेन्द्र लामा-
सबै ‘पार्टपुर्जा' चल्यो भने मात्र ‘सिस्टम'ले काम गर्छ। इन्जिन जतिसुकै बलियो किन नहोस्, पांग्रा भएन भने गाडी गुड्दैन। 'दासढुंगा' फिल्ममा एउटा पात्र छ, इन्स्पेक्टर किरण कुँवर। ऊ अनुसन्धान गरेर मदन भण्डारी र जीवराज आश्रितको हत्यारासम्म पुग्न चाहन्छ। तर, पांग्रा नभएको गाडीको इन्जिन जस्तै हुन्छ उसको हविगत। जति मच्चिए पनि, जति चर्किए पनि जहीँको तहीँ।
रंगकर्मी अनुप बरालले निर्वाह गरेको पात्र किरण ‘सिस्टम' फेल भएको एउटा परिवेशमा कैद छ। उसले जस्तोसुकै गन्ध पत्ता लगाए पनि उसका हाकिम र सिंगो कानुनी संरचनाको घ्राणशक्ति अपहरित छ। 'ग्रहण लागेको घाम'लाई ऊ नांगो आँखाले हेर्छ र 'ज्योति' गुमाउँछ।

‘हाइपोथेसिस'हरूले भ्रामक बनेको दासढुंगा घटनाको उत्खनन गर्ने क्रममा ऊ आफै भ्रमको दुनियाँमा फस्न पुग्छ। उसले जे महसुस गर्छ, अरूका लागि भ्रम हो। तर, उसको लागि भने त्यही सत्य हो। उसलाई भ्रमले कतिसम्म छोप्छ भने फिल्म हेर्ने कतिपय दर्शक पनि भ्रमित हुनसक्छ।
ठूलो विषय टिप्दैमा फिल्म विशेष हुने होइन। विषय सानो वा ठूलो जस्तोसुकै भए पनि फरक पर्दैन। मुख्य कुरा विषयको संवेदनशीलताप्रतिको न्याय हो र 'दासढुंगा'का निर्देशक मनोज पण्डितको तारिफ यही परिपक्वताको कारणले मात्र गर्न सकिन्छ।
कुनै पनि रहस्यको पर्दाफास गर्नु फिल्म निर्देशकको सरोकार होइन। उसले शान्त पोखरीमा ढुंगा फ्याँकेर तरंग पैदा गर्न भने सक्छ। यो जिम्मेवारीमा मनोज सफल छन्। दासढुंगामा जिप खसेको दृश्य समावेश गरिएको भए उनको 'जहाज' पूरै डुब्थ्यो।
नेपाली फिल्मका अधिकांश कलाकारलाई अभिनय सम्बन्धी एउटा भ्रम छ। त्यो हो, अभिनय भनेको देखिने हुनुपर्छ। 'दासढुंगा'का कलाकारहरूले चाहिँ नदेखिने अभिनय गरेका छन्। अनुप बराल र अमर लामा बनेका दयाहाङ राईले अभिनेता र सहअभिनेताको नेसनल फिल्म अवार्ड किन पाए? जवाफ 'दासढुंगा'ले दिन्छ।
अनुसन्धातामात्र होइन कलेजमा अंग्रेजी पढाउने शिक्षकको भूमिका पनि अनुपलाई सुहाएको छ। उनकै स्वभाविक अभिनयले भूमिका सुहाउँदो देखिएको हो। त्यस्तै, महाअभियोगमा मुछिएका अमर लामाको पतित मानसिकता दयाहाङको अनुहारमा झल्किन्छ।
विम्बात्मक दृश्यले फिल्मको कथा सम्प्रेषण आयामिक बनेको छ। किरणकी पत्नी (सञ्चिता लुइँटेल)को गर्भ तुहिँदा दासढुंगाको बारेमा गरिएका सबै अनुसन्धान खेर जाने पूर्वसंकेत मिल्छ। किरणले कलेजमा सेक्सपियरको 'ओथेलो' नाटक पढाएको प्रसंग सपाट छैन। पत्नी देस्देमोनालाई मारेपछि 'न्याउरी मारी पछुतो'को अवस्थामा रहेको ओथेलोको वियोगलाई किरणको जीवनसँग जोडिएको छ।
सेतो पहिरनमा आएको किरणले कालो पहिरनमा रहेको पात्र (सौगात मल्ल)लाई मार्छ र किरण स्किजोफ्रेनिया नामको मानसिक रोगबाट बौरिन्छ। आफ्नै नकारात्मक पक्षमाथि विजय पाएको अर्थ यसले दिन्छ। पात्रको यस्तो मानसिक स्थितिको चित्रण नेपाली फिल्ममा नौलो हो।
कीर्तिपुरमा किरणले अमर लामाको ज्यान जोगाएको दृश्यको उपस्थिति फिल्ममा रोचक छ। यो दृश्यले दिनदहाडै मारिएका अमरको जीवन बचाउन नसक्ने सामाजिक संयन्त्रप्रति हल्का व्यंग्य गर्दै किरणको मानसिक समस्यालाई (ढिलै भए पनि) उजागर गर्छ। अमर लामा मारिएको दृश्यलाई द्वन्द्वनिर्देशक अष्ट महर्जनले 'रियालिस्टिक' बनाएका छन्।

अमरको बयानबाट सुरु हुने 'दासढुंगा'को पूर्वाद्धको अघिल्लो चरण लामा-लामा सोधपुछका दृश्यले पट्यारलाग्दो बनेको छ। पटकपटकको सोधपुछमा एउटै कुरा दोहोरिन्छ, नयाँ तथ्य आउँदैन। त्यतिबेला फिल्मको संरचना टुटेको भान हुन्छ। किरणलाई लागेको मानसिक रोग स्किजोफ्रेनियालाई फिल्मले दृश्यमार्फत् स्थापित गर्न सकेको छैन। यो संवादमै सीमित छ। किरणले देख्ने पात्र, उसकी पत्नीले नदेखेको प्रसंग गाँसिएको भए स्किजोफ्रेनियाको लक्षण प्रष्ट हुनसक्थ्यो।
दासढुंगाको अनुसन्धानसँग किरणको व्यक्तिगत कारण जोडिएको छैन। अनुसन्धानमा ऊ समर्पित हुनुको अरू कारण पनि फिल्ममा खुलाइएको छैन। बरु, मदन भण्डारीको शव र उनलाई श्रद्धाञ्जली दिएका फुटेज राखेर फिल्ममा सहानुभूतिको दिशा मोडिएको छ। किरणप्रतिको सहानुभूति बलियो बनाउन सकिएको छैन। फिल्मको अन्त्यसँगै दर्शकमा एउटा संवेदनाको निर्माण भएको हुन्छ। त्यो संवेदना फिल्म निर्देशकको ठूलो पूँजी हो। 'दासढुंगा'ले पनि अन्तिममा गहिरो संवेदना जगाउँछ। तर, फिल्म सिद्धिएपछि जोडिएका नेताहरूका अन्तर्वार्ताले त्यो संवेदना तुरुन्तै भत्काइदिन्छ।
कोरियाली निर्देशक किम कि दुकको फिल्म 'ड्रिम'ले पार्ने प्रभावसँग 'दासढुंगा'को प्रभावलाई तुलना गर्दा अतिशयोक्ति हुँदैन। जसरी 'ड्रिम' हेरेपछि साँच्चिकै एउटा सपना देखेजस्तो महसुस हुन्छ, त्यसैगरी 'दासढुंगा' हेरेपछि रहस्य, भ्रम र घनचक्करले भरिएको एउटा यात्राको महसुस हुन्छ।
source: nagariknews.com

झोलुंगे पुल बन्यो सुटिङ स्पट


विमल खतिवडा
पर्वत, भाद्र २१ - साताअघि सिनेमा स्कोपको चलचित्र 'किन लाग्छमाया' सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।
दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले गरेका हुन्, जो पर्वतकै हुन् ।
प्रेमकथामा आधारित 'किन लाग्छ माया' मा धौलागिरि अञ्चलको कथावस्तु छ । पपुलर मल्टी मिडियाद्वारा निर्मित चलचित्रको एउटा गीतको छायांकन अग्लो पुलमा गरिएको हो । दुई दिनसम्म लगाएर छायांकन गरिएको चलचित्रमा पाँच प्रतिशत कुश्मा बजार आसपास र पुलको दृश्य कैद गरिएको छ । अविनाश श्रेष्ठको कथा रहेको चलचित्रमा निखिल उप्रेती, झरना थापा पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा शंकर लामिछाने नवनायकको रूपमा देखा परेका छन् । माया भन्ने कुरो प्रेमीले प्रेमिकालाई मात्र नभएर आमाले छोरालाई दिदीले भाइलाई पनि गर्छन् भन्ने सन्देश दिन
खोजिएको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र लक्ष्मण शेषकले संगीत दिएका हुन् ।
शिव रेग्मीका चेला रहेका निर्देशक लामिछानेले रेग्मीद्वारा निर्देशित चलचित्र 'सुखदुःख' र 'ए मेरो हजुर' मा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । 'बोक्सी' जस्तो चलचित्रको निर्देशन गरिसकेका लामिछानेले निर्देशन गरेको यो पाचौं मूलधारको चलचित्र हो । माघे संक्रान्तिको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रका छायाँकार दीपक बज्राचार्य हुन् । पात्रका आधारमा कथा तयार पारिएकाले चलचित्रलाई दर्शकले रुचाउनेमा निर्देशक लामिछाने ढुक्क छन् ।  
पाँचवटा गीत समाविष्ट चलचित्रका रचनाकार प्रमेाद ढुंगाना हुन् । 'अधिकांश निर्देशकहरू सुटिङका लागि नाम चलेका सहरमा जाने गर्छन्,' लामिछानेले भने, 'तर चलचित्र सुटिङका लागि पर्वत भर्जिन लोकेसन रहेछ ।' उनले चलचित्र सुटिङ गरेर फर्किएपछि दर्जन बढी निर्माता र निर्देशकले पुलमा सुटिङ गर्न समस्या झेल्नुपर्ने/नपर्ने भन्दै सोध्ने गरेको बताए । उनले सबैलाई सुटिङका लागि पुल आपसपासको क्षेत्र उपयुक्त भएकाले जान सुझाव दिएको बताए ।   
मोदीखोलामा निर्मित १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो उक्त पुल सञ्चालनमा आएको वर्ष दिन नबित्दै आधा दर्जन म्युजिक भिडियो, साना र ठूला चलचित्रहरू सुटिङ भइसकेका छन् । पोखरा नगरीलाई चलचित्र सुटिङको केन्द्र बनाउँदै आएका निर्माता/निर्देशक समेत अग्लो पुललाई सुटिङ स्पर्ट बनाउने ध्याउन्नमा लागेका छन् । पप, आधुनिक, दोहोरी गीतको भिडियो र चलचित्र सुटिङका लागि निर्माताहरूले बारम्बार फोन गरेर लोकेसन सोध्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए ।
source: ekantipur.com

दासढुंगा हेर्न नेताको लस्कर




काठमाडौं, भदौ १८ (नागरिक)- १७ वर्ष अघिको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म 'दासढुंगा'को प्रिमियर गरिएको छ। एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधन हुने गरी भएको जिप दुर्घटनाको रहस्य खोतल्ने प्रयास गरेको यो फिल्म हेर्न बिहीबार बिहान कुमारी हलमा विभिन्न पार्टीका नेताको भीड लागेको थियो। सबैको आग्रह रह्यो, 'रहस्यमै सीमित यो घटनाको अनुसन्धान टुंगोमा पुर्‍याउनु पर्छ।  फिल्मको प्रिमियरमा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता अमृतकुमार बोहोरा, एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा थिए। आश्रितकी पत्नी माया ज्ञवाली समेत प्रिमियर सोमा उपस्थित थिइन्। शुक्रबारदेखि यो फिल्म देशव्यापी रिलिज हुँदैछ। मनोज पण्डितको निर्देशन र अपिल विष्टको निर्माणमा बनेको 'दासढुंगा'मा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई लगायतले अभिनय गरेका छन्। घटनास्थलको दृश्य र प्रत्यक्षदर्शीको भनाइसमेत समेटिएको फिल्ममा दासढुंगाका प्रतिवेदनहरूलाई नाटकीय रूप दिइएको छ। चलचित्र विकास वोर्डले विशेष फिल्ममा राखेको 'दासढुंगा'ले नेसनल फिल्म अवार्ड २०१० मा उत्कृष्ट फिल्मको जुरी अवार्ड सहित अभिनेता (अनुप बराल), सहअभिनेता (दयाहाङ राई) र सम्पादन (निमेष श्रेष्ठ)मा अवार्ड पाएको थियो।

आजदेखि 'कोही मेरो'



काठमाडौं, भदौ ११ (नागरिक) - निर्देशक आलोक नेमवाङले आफ्नो फिल्म 'कोही मेरो' ड्रामा र कोलाहलबाट मुक्त रहेको बताएका छन्। 'अहिलेका नेपाली फिल्ममा जस्तो एक्सन र लाउडनेस यो फिल्ममा छैन, राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। फिल्मलाई सरल र रमाइलो बनाउने प्रयास गरेको उनले जानकारी दिए।
शुक्रबारदेखि देशभर रिलिज हुने 'कोही मेरो'को पत्रकार सम्मेलनमा हिरो आर्यन सिग्देलले निकै आशा गरेको फिल्मको रुपमा यसको चर्चा गरे। 'फिल्म युनिटका सबै हसिला थिए। त्यो फ्रेसनेस फिल्ममा पनि देखिनेछ,' उनले भने,'यो फिल्म रिलिज हुनै लाग्दा उमंग, उत्साह र डर तीनै थोक उब्जिएको छ।'
  ६ वर्षपछि अभिनय गर्नुपर्दा धेरै नर्भस भएको सुनाइन् हिरोइन झरना बज्राचार्यले। उनले यो फिल्मको सुटिङमा पहिलो फिल्म खेल्दा जस्तो अनुभव गरेको उल्लेख गरिन्। 'यो फिल्मको चर्चासँगै अफर बढ्न थालेको छ। तर, म छानेर मात्र फिल्म खेल्ने पक्षमा छु' उनले भनिन्।
मुभिज डटकमको प्रस्तुतिमा निर्मण भएको यो फिल्ममा संचिता लुइँटेल र सुभास थापाको समेत अभिनय रहेको हो। यसमा प्रविण अधिकारीको स्क्रिप्ट र राजु थापाको छायांकन रहेको छ।
source: nagariknews.com