काठमाडौं, भदौ १८ (नागरिक)- १७ वर्ष अघिको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म 'दासढुंगा'को प्रिमियर गरिएको छ। एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधन हुने गरी भएको जिप दुर्घटनाको रहस्य खोतल्ने प्रयास गरेको यो फिल्म हेर्न बिहीबार बिहान कुमारी हलमा विभिन्न पार्टीका नेताको भीड लागेको थियो। सबैको आग्रह रह्यो, 'रहस्यमै सीमित यो घटनाको अनुसन्धान टुंगोमा पुर्याउनु पर्छ। फिल्मको प्रिमियरमा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता अमृतकुमार बोहोरा, एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा थिए। आश्रितकी पत्नी माया ज्ञवाली समेत प्रिमियर सोमा उपस्थित थिइन्। शुक्रबारदेखि यो फिल्म देशव्यापी रिलिज हुँदैछ। मनोज पण्डितको निर्देशन र अपिल विष्टको निर्माणमा बनेको 'दासढुंगा'मा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई लगायतले अभिनय गरेका छन्। घटनास्थलको दृश्य र प्रत्यक्षदर्शीको भनाइसमेत समेटिएको फिल्ममा दासढुंगाका प्रतिवेदनहरूलाई नाटकीय रूप दिइएको छ। चलचित्र विकास वोर्डले विशेष फिल्ममा राखेको 'दासढुंगा'ले नेसनल फिल्म अवार्ड २०१० मा उत्कृष्ट फिल्मको जुरी अवार्ड सहित अभिनेता (अनुप बराल), सहअभिनेता (दयाहाङ राई) र सम्पादन (निमेष श्रेष्ठ)मा अवार्ड पाएको थियो।
नेपाली समय
सहयात्री ब्लगहरु
-
-
-
उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्व र अक्सिजन शरीरका हरेक रतmनलीहरुमा दौडिरहेको हुन्छ...
-
In the fast-growing industry of telecommunications, teleconferencing has become a staple of the way we do business as well as a way we keep in touch with...
-
तपाईंले पनि नेपाली भाषामा नियमित रुपले ब्लग गरिरहनुभएको छ भने ब्लगको ठेगाना anampustakalaya[at]gmail[dot]com मा पठाइदिनुहोला । ती ब्लगहरु यस सूचीमा समावेश ...
-
-
दासढुंगा हेर्न नेताको लस्कर
काठमाडौं, भदौ १८ (नागरिक)- १७ वर्ष अघिको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म 'दासढुंगा'को प्रिमियर गरिएको छ। एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधन हुने गरी भएको जिप दुर्घटनाको रहस्य खोतल्ने प्रयास गरेको यो फिल्म हेर्न बिहीबार बिहान कुमारी हलमा विभिन्न पार्टीका नेताको भीड लागेको थियो। सबैको आग्रह रह्यो, 'रहस्यमै सीमित यो घटनाको अनुसन्धान टुंगोमा पुर्याउनु पर्छ। फिल्मको प्रिमियरमा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता अमृतकुमार बोहोरा, एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा थिए। आश्रितकी पत्नी माया ज्ञवाली समेत प्रिमियर सोमा उपस्थित थिइन्। शुक्रबारदेखि यो फिल्म देशव्यापी रिलिज हुँदैछ। मनोज पण्डितको निर्देशन र अपिल विष्टको निर्माणमा बनेको 'दासढुंगा'मा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई लगायतले अभिनय गरेका छन्। घटनास्थलको दृश्य र प्रत्यक्षदर्शीको भनाइसमेत समेटिएको फिल्ममा दासढुंगाका प्रतिवेदनहरूलाई नाटकीय रूप दिइएको छ। चलचित्र विकास वोर्डले विशेष फिल्ममा राखेको 'दासढुंगा'ले नेसनल फिल्म अवार्ड २०१० मा उत्कृष्ट फिल्मको जुरी अवार्ड सहित अभिनेता (अनुप बराल), सहअभिनेता (दयाहाङ राई) र सम्पादन (निमेष श्रेष्ठ)मा अवार्ड पाएको थियो।
Posted under :
dasdhunga,
f2fnepal,
letest nepali movies,
manoj pandit