काठमाडौं, भदौ २७ (नागरिक)- अभिनेता धीरेन शाक्य नेपाल भाषाको फिल्ममा देखिने भएका छन्। उनले अभिनय गर्न लागेको फिल्म 'छंगु नां (तिम्रो नाम)'को राजधानीमा मुहूर्त गरियो।
'नेवार समुदायको भए पनि पहिलोपटक नेपाल भाषाको फिल्म खेल्न पाउँदा खुशी लागेको छ,' दशैंपछि सुटिङ हुने यो फिल्ममा आफू प्रहरी निरीक्षकको भुमिकामा देखिने उनले खुलाए। पाल्पाका धीरेनलाई काठमाडौंमा बोलिने नेपाल भाषा फरक लागेको छ। 'सकेसम्म सुटिङमै मिलाएर बोल्छु। नसके डबिङमा सच्याउँछु,' उनले भने।
मातृभाषामा बन्न लागेको भएकोल यो फिल्ममा पारिश्रमिकलाई महŒव नदिइएको उनले बताए। फिल्ममा सुभद्रा अधिकारी, मुकुन्द श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ। फिल्मको निर्देशन सुरेन्द्र तन्डुकारले गर्दैछन्।
source: nagariknews.com
ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदैओस्लोमा नेपाली कला, संस्कृति
र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्द्रजात्रा महोत्सव
२०२६...













